४७ लाख रुपैयाँ मूल्यको डुकाटी पानिगेल भि फोर बाइक नेपाली बजारमा आएको छ।

डुकाटी वाइकको अधिकृत विक्रेता टर्वो मोटर्सले शुक्रबार एक कार्यक्रमकाबीच यो बाइकको बिक्री शुभारम्भ गरेको हो।यो वाइक भारतमा भन्दा नेपालमा चाँडै बिक्री सुरु भएको हो।मोटो जिपीमा प्रयोग गरिँदै आएको भि फोर सिलीन्डर इन्जिन जडान गरिएको बाइकमा छ वटा गियर छ। ११ सय सीसीको इटालियन वाइकको शुक्रबार युवा उद्यमी राजेशवीर तुलाधरले बिक्री शुभारम्भ गरे।उनी डुकाटी वाइक प्रयोगकर्ता समेत हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१६ लिटर पेट्रोल यो वाइकमा ड्राइ वेट एक सय ७५ किलो छ। कर्भ वेट एक सय ९८ किलो छ। डबल सीट भएको बाइकको हाइट ५७.८ इन्च रहेको छ। वाइकमा दुई सय १४ हर्ष पावर र १३ हजार आरपिएम छ भने १२४.० एनएम(न्युटन मिटर) र एक हजार आरपिएमकोको टर्क छ। बाइकले गति लिइरहँदा गियर चेन्ज गर्दा क्लज थिच्न नपर्ने हुनाले हाइवेको जस्तोसुकै घुम्तीमा मोड्न सहज हुने कम्पनीले जनायो।