मेकअपका सामान किन्ने गर्ने हरेक महिलालाई थाहा छ यो कति अप्ठेरो काम हो भनेर ।

पसलहरुमा अलग अलग ब्रान्डका सामानहरु राखिएका हुन्छन् । जहाँ सञ्चालक आफ्नो आफ्नो प्रोडक्ट ग्राहकलाई भिडाउनमा लागिपरेका हुन्छन् । चाहे त्यो ग्राहकको छालालाई सूट गरोस् वा नगरोस् ।

जो होरगन नामक महिला बिक्रेताको यस्तो प्रकारका जोर जबर्जस्तीबाट यति धेरै चिन्तित भईन् कि, उनले यस्ता क्रियाकलापलाई बदल्ने संकल्प लिइन् ।

फ्रान्सको एउटा ठूलो कस्मेटिक कम्पनी लोरियलको प्रोजेक्ट म्यानेजरको रुपमा काम गर्ने होरगनले जागिर त्यागिदिईन् । उनले आफ्नो घर बेचिन् र आफ्नै एउटा स्टोर खोलिन् ।

मेक्का नामको यस कस्मेटिक बुटिकमा नार्स र अरबन डीके जस्ता राम्रा कम्पनीका मेकअपका सामान बिक्री गरिन्थ्यो ।

साथै सामानको राम्रो पक्षका बारेमा स्पष्ट रुपमा ग्राहकलाई जानकारी दिइन्थ्यो ताकि ग्राहक आफैंले सोचेर र बुझेर निर्णय लिन सकून् ।

सन् १९९७ मा यो बिल्कुल नयाँ अवधारणा थियो । जसका कारण यसको लोकप्रियता यति तीव्र गतिमा बढ्यो कि केबल दुई दशकमा अस्ट्रेलिया र न्यूजिल्याण्डमा मेक्काको ८७ वटा स्टोर खुले । जसबाट बर्षेनी २८७ मिलियन अस्ट्रेलियाई डलर अर्थात् कयौँ हजार करोड रुपैयाँ कमाइ हुन्छ ।

सही समयमा सही मौकालाई पहिल्याएकी जो होरगन आज अस्ट्रेलियाको व्यूटी इन्डस्ट्रीको सबैभन्दा ठूलो र चर्चित नाममध्येकी एक हुन् ।

आफ्नो बाल्यकाल लण्डनमा बिताएकी होरगनले आफ्नी आमाले सिंगार पटार गरेको देखेकी थिइन् । मेकअपप्रति उनलाई त्यति बेलादेखि नै लगाव भएको थियो ।

उनी भन्छिन्, ‘हामी आफ्नो पुराना तरिकाको ड्रेसिङ टेबुलमा बसेर कुरा गथ्र्याैँ । त्यो हाम्रो लागि निकै खास समय हुन्थ्यो ।’

जब होरगन १४ वर्षकी भईन्, तब उनको परिवार लण्डन छोडेर अस्ट्रेलियाको पर्थमा बस्न थाले । आफ्नो उमेरका सबै केटीहरुजस्तै जोलाई पनि मेकअप गर्न मन पथ्र्याे । तर उनले कहिल्यैँ पनि सोचेकी थिइनन् कि एकदिन मेकअप नै उनको करियर बन्नेछ भनेर ।

पर्थबाट स्कुलको पढाइ सकेपछि जो ले पश्चिमी अस्ट्रेलियाबाट अंग्रेजी साहित्यको पढाई गरिन् । र फेरी उनले अमेरिकाको बोस्टन यूनिभर्सिटीबाट कम्युनिकेसनमा मास्टर्स गरिन् । त्यसपछि उनले लण्डनमा लोरियल कम्पनीका साथ जागिर सुरु गरिन् र पछि उनी मेलबर्नस्थित अफिसमा सरुवा भईन् ।

जो का अनुसार उनले लोरियललाई मेकअपको कारणले नभइ मार्केटिङ सिक्नका लागि चुनेकी थिइन् ।
उनी भन्छिन्, ‘लोरियलको जागिर निकै अप्ठेरो थियो । त्यसमा सुरुवातदेखि नै नतिजा दिनुपर्ने दबाव थियो र कुनै प्रकारको कुनै सम्झौता गरिदैनथ्यो ।’

जुन समयमा जो ले लोरियल कम्पनी छाडेर मेक्का खोल्ने निर्णय गरिन् तब उनको उमेर केबल २९ वर्ष थियो । जो का अनुसार उनको उमेर उनका लागि फाइदाजनक नै रह्यो किनकी उनलाई थाहा थियो कि युवाहरुलाई के चाहिन्छ भनेर ।

उनी भन्छिन्, ‘म आफै पनि ग्राहक थिएँ । जब तपाईं ग्राहकलाई राम्रोसँग जान्नुहुन्छ तब काम अझै पनि सजिलो हुने गर्दछ ।’

मेक्का सुरु गरेको केही वर्षपछि नै अस्ट्रेलियन डलरको मूल्यमा गिरावट आयो । जसको कारण विदेशी कम्पनीहरुको सामान किन्ने धेरै महंगो भयो ।

यसको सिधा असर जोलाई पर्याे । उनी भन्छिन्, ‘त्यो निकै मुस्किल समय थियो, किनकी तपाईं आफै दुई गुणा मूल्य तिरेर सामान किन्नु हुन्छ तर आफ्ना ग्राहकहरुलाई भन्न सक्नु हुँदैन की माफ गर्नुहोला, हामीले यस सामानको मूल्य बढाउनु पर्छ भनेर ।’

यसबाट एउटा सिक सिकेको बताउँदै जो भन्छिन्, ‘फर्किएर र्हेयो भने त यो एक पुरस्कार बराबर थियो । यसबाट मेरो दिमागलाई अविश्वसनीय धार मिल्यो । मलाई थाहा भयो कि, आफ्नो व्यापार जारी राख्नका लागि मैले के परिवर्तन गर्नुपर्छ भनेर ।’

जो ले करिब डेढ दशकसम्म बजारमा एकछत्र राज गरिन् । तर सन् २०१४ मा सेफोरा अस्ट्रेलिया प्रवेश गरेसँगै उनी सामू एक ठूलो चुनौति आइलाग्यो ।

सेफोरा फ्रान्सको निकै ठूलो व्यापारीक समूह एलभीएमएच (लुई विताँ, मोवेत एनेसी) को स्टोर हो, जसमा ठूला कम्पनीहरुका मेकअप सामान र व्यूटी प्रोडक्ट पाइने गर्दछ । अस्ट्रेलियामा सफोराका १३ वटा स्टोर रहेका छन् ।

तर जोलाई यसबाट डर लागेन । उनी भन्छिन्, ‘हाम्रो उद्देश्य प्रतिस्पर्धामा धेरै समयसम्म टिकीरहनु र त्यसलाई हराउनु हो ।’

२००१ मा नै इन्टरनेटमा आइसकेको उनको कम्पनी मेक्कालाई छिटो सुरुआत गर्नाको फाइदा पनि मिल्यो । मेक्काको वेबसाइटलाई हरेक महिना ९० लाख पटक हेरिन्छ । यसका अलावा उनीहरु फेसबुक र इंस्टाग्राम जस्ता सामाजिक सन्जालमार्फत् पनि प्रचार गर्ने गर्दछन् ।

जो होरगनका अनुसार प्रतिस्पर्धालाई हराउनका लागि उनको सबैभन्दा पहिलो नीति आफ्नो ग्राहक सेवालाई अझै उत्कृष्ट बनाउनु रहेको थियो । यसका लागि कम्पनीले आफ्नो टर्नओभरको तीन प्रतिशत आफ्ना २५ हजारभन्दा धेरै कर्मचारीहरुलाई तालिम दिन खर्च गर्ने गर्दछ ।

जो का पति पीटर वेटनहलले पनि उनको काममा सघाउँने गर्दछन् । उनी २००५ मा कम्पनीमा को–चिफ एक्जिक्युटिभ बने ।

जो र पीटरको चिनजान हार्वर्डमा पढाईका क्रममा भएको थियो । हाल उनीहरुका दुई सन्तान छन् ।
जोका अनुसार उनी आफू र आफ्ना पतिलाई सहायक कार्यकारी प्रमुखको रुपमा देख्छिन् । किनकी उनीहरु दुवै कम्पनीमा आफ्नो–आफ्नो तरिकाले योगदान गर्दछन् ।

उनी पुरै स्पष्टताका साथ भन्छिन् कि, ‘म राम्रो बोस होइन । मलाई थाहा छ कि, यस्ता कयौँ काम छन् जुन म राम्रोसँग गर्न सक्दिनँ ।’

उनी भन्छिन्, ‘म ती क्षेत्रबारे जानकारी भएकाहरुलाई भर्ती गराउछु र उनीहरुलाई पनि त्यसैगरी अगाडि बढ्ने मौका दिन्छु, जसरी मैले सिकें ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah