काठमाडौं, २ असोज। नयाँ संविधान जारी भएको पहिलो वाषिकोत्सव अर्थात पहिलो संविधान दिवश मनाउन पनि दलहरुबिच विभाजन देखिएको छ ।
सरकारले आइतबारदेखि मंगलबारसम्म विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने तयारी गरिरहेको बेलामा संसदको सबैभन्दा दोस्रो ठुलो दल नेकपा एमालेले भने छुट्टै संविधान दिवश मनाउने घोषणा गरेको छ ।
संविधान एकमतले जारी गरेका मुख्य दलहरुले पहिलो संविधान दिवश नै छुट्टाछुट्टै मनाउनुले संविधान क्रियान्वयनमा समस्या निम्त्याउन सक्ने देखिन्छ ।
शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै एमालेका शंखर पोखरेलले आफ्नो पार्टीले संविधान दिवश छुट्टै तर भव्य रुपमा मनाउन लागेको जानकारी दिए । पोखरेलका अनुसार एमालेले असोज ३ गते काठमाडौंको रत्नपार्कबाट बाजागाजासहितको र्याली बसन्तपुरमा गएर समापन हुने बताएको छ ।
उता मधेसवादी दलले भने संविधान दिवसलाई विरोध स्वरुप कालोझण्डा प्रर्दशन गर्ने भएका छन् । सरकारद्धारा गठित संविधान दिवश मुल समारोह समितिले भने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधिश लगायतको उपस्थितिमा नेपाली सेनाको तोप, राष्ट्रिय गित लगायतका कार्यक्रममा साथ मनाउने भएको छ । एक भएर नयाँ संविधानको क्रियान्वयनका लाग्नुपर्ने दलहरुको यस्तो रबैयाले समस्या उत्पन्न हुनसक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।



