भारत । अदालतले विवाहिता पत्नीको माग सुनुवाइ गर्दै उनको मेनेजर पतिलाई पत्नीको कोठामा एसी जडान गर्ने आदेश दिएको छ ।

यतिमात्र नभई हरेक महिनाको १० तारिखमा पत्नीलाई १० हजार रुपैयाँ गुजारा भत्ता समेत दिन पतिलाई आदेश दिएको छ । यो रोचक घटना भारतको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसको अनुगमन गर्न समेत अदालतले परिवार परामर्श केन्द्रकी महिला कर्मचारीलाई प्रत्येक हप्ता युवतीको घर गएर आदेश कार्यान्वयन भए नभएको बुझ्न समेत भनेको छ ।

यस्तो थियो मामिला मानसी नाम गरेकी युवती विहारकी हुन् । उनको सन् २०१३ मा आईसीआईसीआई बैंकको एक शाखामा मेनेजर रहेका युवकसँग विवाह भएको थियो । विवाहपछि पत्नीबाट कुनै बच्चा भएन । त्यसपछि परिवारले उनीमाथि दबाब दिनथाल्यो ।

पछि त उनलाई घरबाटै निकाल्ने परिस्थिति सिर्जना भयो । तर उनले मानिनन् । उनलाई घरमा काम गर्नेलाई जस्तो कुनै सुविधा नदिई राखियो । बिजुली काटियो भने पानी आपूर्ति पनि गरिएन । मेनेजर पति आफ्नो आमाबुबाको इसारामा पत्नीमाथि उत्पीडन गर्न थाल्यो ।

त्यतिमात्र नभई पत्नीलाई छोड्न भन्दै अदालत गयो । तर पतिको मागविपरीत यस्तो अचम्मको फैसला भएको हो । यसले युवतीलाई ठूलो राहत मिलेको बताइएको छ । अदालतले पतिको दलिल खारेज गरिदिएको छ ।

नवभारत टाइम्सबाट ।