एजेन्सी। प्रेम सम्बन्धमा रहेका बेला ब्वाइफ्रेण्डले गर्लफ्रेण्डलाई यौन सम्बन्धको लागि दबाब दिएका घटनाहरु हामीले धेरै सुनिरहेका छौं । यस्ता घटनाहरुमा ब्वाइफ्रेण्डले जबरजस्ती गरेका घटना समेत धेरै भएका छन् । तर, गर्लफ्रेण्डले सेक्सको प्रस्ताव गर्दा ब्वाइफ्रेण्डले अस्वीकार गरेपछि गर्लफ्रेण्डले उनलाई मार्ने प्रयास गरेकी छिन् । घटना इङल्याण्डको हो ।

ती गर्लफ्रेण्डले आफ्ना ब्वाइफ्रेण्डलाई ६ पटकसम्म चक्कुले प्रहार गरेकी थिइन् । अदालतमा यो मुद्दाको सुनुवाइको क्रममा ब्याइफ्रेण्डले अर्को खुलासा पनि गरे – ती युवती भयानक हत्याका भिडियो हेर्न पनि सौखिन थिइन् । १८ वर्षका ब्वाइफ्रेण्ड किरेन बेविकका अनुसार १९ वर्षकी उनकी गर्लफ्रेण्ड जोए एडम त्यो रात निकै विचित्र मेकअपमा उनीकहाँ आएकी थिइन् । बेविकका अनुसार एडम विचित्र तरिकाले हाँसिरहेकी थिइन् । त्यसपछि उनी बेविकको नजिकै गएर ‘के म तिमीलाई बेडमा बाँध्न सक्छु ?’ भनेर सोधिन् ।

 

त्यस दिन एडमले गाँजा पिएकी थिइन् र भोड्काको एक पोतलसमेत पिएकी थिइन् । उनी बेविकसँगै सुतिन् । उनले बेविकसँग एक पटक फेरि बेडमा बाँध्न सक्छु ? भनेर सोधिन् । बेविकले भने ‘त्यसपछि उनले एउटा तकिया मेरो मुखमा राखिदिइन् र मेरो छातीमा सुम्सुम्याउन थालिन् । उनले मसँग सोधिन् के म उनलाई माया गर्छु ? एडमले आफ्ना हात पछाडि लुकाएकी थिइन् । मलाई लाग्यो उनले हातमा फोन लिएकी छिन् । त्यही बेला उनले मलाई चक्कुले प्रहार गरिन् ।’

-डिसी नेपाल बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah