अस्ट्रेलिया भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंको बोली भाषणका क्रममा चिप्लिएपछि खुबै उडाइएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री म्याल्कम टर्नबुलले म्याक्रोंलाई न्यानो स्वागत गरेपछि हौसिएका उनले टर्नबुल र उनकी पत्नीको चर्को प्रशंसा गरे । त्यसक्रममा उनले टर्नबुलकी पत्नी लूसीका लागि डिलिसियस (स्वादिली) शब्द प्रयोग गरे ।

फ्रान्सेलीहरू प्रायः अंग्रेजी बोल्दैनन् । म्याक्रों चाहिँ अंग्रेजी बोल्न खोज्छन् । तर उनले सही शब्द छान्न जानेनन् । उनले खासमा ‘डिलाइटफुल’ (मनोहर) भन्न खोजेका थिए तर डिलिसियस भनिदिए । फ्रेन्च भाषामा ‘डिलिसिया’ शब्दले डिलाइटफुल अर्थात् मनोहर भन्ने अर्थ दिन्छ ।

त्यसपछि म्याक्रोंलाई सामाजिक सञ्जालमा खुबै उडाइयो । फ्रान्सको पाककलाको मजाक भनी कसैले टिप्पणी गरे । अनि कसैले चाहिँ यो म्याक्रोंको पत्नीका बारेमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको टिप्पणीको प्यारोडी भने । ट्रम्पले
फ्रान्स भ्रमणका क्रममा म्याक्रोंकी पत्नी ब्रिगिटलाई ‘भर्भराउँदी’ भनी टिप्पणी गरेका थिए ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah