मलेसियामा स्थानीय तामिल मुलका ब्यक्तिले गरेको तरवार प्रहारबाट एक जना नेपाली घाइते भएका छन ।

मलेसियामा को सेलाङ्गर राज्य स्थित कापर सेल्टर सेक्युरिटी फोर्स मा कार्यरत सिन्धुली गोलन्जोर गा.पा रत्तचुरा–६ का गणेश बहादुर राइ माथि बिहीबार बिहान कम्पनीमा कार्यरत रहेको अबस्थामा अपरिचित स्थानीय ब्यक्तिले तरबार प्रहार गरेका हुन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहान करिब ६ः३० बजे काम सकेर कोठामा फर्कन लागेका राई माथी मोटरसाइकल मा आएका २ जना तामिल नागरिकले एक्कासि तरवारले प्रहार गर्दा राई घाइते भएका हुन ।

साथीहरू सङ्गै बाटोमा हिडिरहेका राईलाई तरबारले हिर्काउन थालेपछि साथीहरू भागेको र आफू एक्लै भयपनि केहि बेर प्रतिकार गर्न सफल भएको राईको भनाइ छ । आफुमाथी प्रहार गरेको तरबारलाई रोक्न खोज्दा उनको हात र ढाडमा गम्भीर चोट लागेको छ ।

घटनालगत्तै कम्पनी लाई फोन गरि जानकारी गराउन सफल भएका राइले कम्पनीका प्रतिनिधिका साथमा प्रहरीलाई उजुरी दिएलगत्तै घटनामा सङ्लग्न ब्यक्ति लाइ प्रहरीले पक्राउ गरि आवस्यक अनुसन्धान अधि बढाएको राइले जानकारी दिएका छन । काठमाडौँ टुडे बाट