वैशाख २४,करन महरा,मलेसिया,– मलेसियाको आम चुनावको दिन होस्टल बाहिर ननिस्कन नेपाली दूतावास मलेसियाले आव्हान गरेको छ । वैशाख २६ अर्थात मे ९ तारिख मा मलेसियामा चुनाव हुँदैछ ।
सरकारले चुनावका दिन सुरक्षाकर्मी परिचालन गर्ने हुँदा दंगा, झडप र धरपकड हुन सक्ने भएकाले नेपाली कामदारलाई होस्टल बाहिर ननिस्कन क्वालालम्पुर स्थित नेपाली राजदूतावासले आव्हान गरेको छ ।
मलेसियामा रहँदा कुनैपनि राजनीतिक गतिविधि कानुन सम्मत नभएकाले त्यस्ता गतिविधि नगर्न पनि दूतावासले आग्रह गरेको छ ।











