विवाहको सिजनमा हरेक मानिसहरु आफ्ना नजिकका नातेदार वा आफन्तहरुको विवाहको तयारीमा लागेका छन् । तर यो समयमा एउटा विवाहले एकदमै चर्चा बटुलेको छ । उक्त विवाह पुरै विधि र रीतिरिवाजका साथ भएको थियो । यस विवाहको खास कुरा भनेको यसका बेहुला बेहुली रहेका थिए, जो मावन नभएर जनावर थिए ।

हाम्रो छिमेकी मुलुक छत्तीसगढमा एक भव्य समारोहबीच भाले र पोथी कुखुराबीच बिहे गराइएको हो । बिहे यति अनौठो र भव्य भयो कि, त्यसको चर्चा पूरै गाउँमा मात्र होइन, आसपासका गाउँहरुमा पनि चलिरहेको छ ।

यो अनौठो विवाह कालिया र सुन्दरी नामक भाले र पोथी कुखुराका बीच भएको थियो । जहाँ विवाहका लागि सबै तयारीहरु साधारण मानिसको विवाहमा गरिने जस्तै गरेर पुरै उनीहरुको गाउँको परम्परा अनुसार नै गरिएको थियो । यहाँसम्म कि, यस विवाहका लागि आफ्नो र छिमेकी गाउँका मानिसहरुलाई निमन्त्रणा कार्ड पनि दिइएको थियो ।

मासु तथा अण्डाका लागि निकै लोकप्रिय तथा विशेष जातको मानिने कडकनाथ प्रजातिका भाले र पोथी कुखुराबीच बिहे गराइएको थियो । छत्तीसगढको दन्तेवाँडास्थित हिरानारा गाउँमा हिन्दू परम्परा अनुसार कालिया र सुन्दरीबीच बिहे सम्पन्न भयो ।

जन्तीसँगै बेहुला कालियालाई मण्डपमा ल्याइयो, जहाँ बेहुली सुन्दरीलाई राखिएको थियो । सोही मण्डपमा दुईबीच बिहे गराइयो । बिहेपछि भव्य भोजको आयोजना गरियो । नाचगान पनि भयो । त्यस अवसरमा दुवैलाई रातो पहिरनमा सजाइएको थियो ।

यस विवाहको पछाडिको कारण पनि खास भएको बताइएको छ । स्थानीय मानिसहरुका अनुसार यस प्रजातिका बारेमा मानिसहरुलाई जागरुक गराउनका लागि उक्त विवाहको आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah