४५ वर्षका एक पुरुषले च्याटमा १४ वर्षकी किशोरीसँग गफ गर्दै थिए । गफका क्रममा उनलाई थाहा भयो ती किशोरीका आमाबाबु दुवै घरमा छैनन् । उनीहरु रातभर बाहिर रहेर बिहान मात्र घर फर्कनेवाला थिए र किशोरी रातभर घरमा एक्लै थिइन् । यस्तो थाहा पाएपछि ती व्यक्तिले किशोरीलाई यौन सम्बनधको लागि फकाए र उनको घरमै गए ।
यसरी किशोरीकै घरमै गएर यौन सम्बनधको चाहना राख्ने ४५ वर्षका सबिर अलीलाई १५ महिनाको जेल सजाय भएको छ । इङ्ल्याण्डको सुन्दरल्याण्डका सबिरले जसलाई १४ वर्षकी किशोरी सम्झेर च्याट गरिरहेका थिए त्यो वास्तवमा एउटा ‘पीडोफिल हण्टर ग्रुप’ थियो । यो ग्रुपले कम उमेरका बालबालिकाको यौनशोषण गर्नेहरुको विरुद्ध काम गर्छ ।

सबिरले सोसल मिडिया एप स्काउटमा च्याट गरिरहेका थिए । उनले आफूले च्याट गरिरहेकी किशोरी कम उमेरकी भएको थाहा पाएपछि उनलाई च्याटबाटै फसाउने प्रयास गरे । इङ्ल्याण्डको न्यूक्यासल अदालतमा यो मुद्दाको सुनुवाइका क्रममा सबिरले च्याटमा कैयौं अश्लील म्यासेज पठाएको खुलेको छ । सबिरले च्याटमा ती किशोरीको नग्न फोटो मागेका थिए ।
साँझ ७ बजेतिर ती किशोरीलाई यौन सम्बन्धको लागि फकाउन थालेका सबिर राती १० बजेतिर किशोरीको घरमै गएका थिए । त्यतिबेला पीडोफिल हण्टर ग्रुपले यस विषयमा प्रहरीलाई सचेत गराइसकेको थियो । सबिर जब च्याटमा किशोरीले बताएको घरमा पुगे प्रहरीले उनलाई पक्राउ गर्यो ।



