अष्ट्रेलियाका १ सय ४ वर्षका वैज्ञानिक डेभिड गुडअलको बिहीबार निधन भएको छ । अष्ट्रेलियाबाट इच्छा मृत्युका लागि १० दिनअघि स्विजरल्याण्ड गएका गुडअलको स्विजरल्याण्डको एक क्लिनिकमा बिहीबार निधन भएको हो । आफू बाँच्नुको औचित्य सकिएको भन्दै इच्छा मृत्यु रोजेका उहाँलाई क्लिनिकमा सोडियम पेन्टोबार्बिटल नामक औषधि दिइएको हो । निश्क्रिय भएर बाँच्न नचाहेका गुडअल अष्ट्रेलियामा इच्छा मृत्युको प्रावधान नभएकाले स्विजरल्याण्ड पुगेको बताइएको छ । वनस्पतिविद् गुडअल आफ्नो जीवनको उत्तरार्धमा पनि निकै सक्रिय थिए ।

 

केही समययता हिँडडुल गर्नको लागि समेत अरुको सहायता लिनु परेपछि उनले आफ्नो स्वतन्त्रता गुमेको भन्दै इच्छा मृत्यु रोजेका हुन । ‘मेरो क्षमता र दृष्टि गुम्दै गएको छ’, ह्वीलचियरमा बसेका वैज्ञानीक गुडअलले अन्तिम पटकको पत्रकार सम्मेलनमा भनेका थिए, ‘यसरी धेरै बाँच्न चाहन्न ।’

 

‘म विश्वास गर्छु कि मेरो कदमले अन्य देशहरु पनि इच्छा मृत्युको कानुनबारे उदार हुनेछन’, गुडअलले भनेका थिए, ‘मलाईलाई इच्छा मृत्युको कानुन बनाउन योगदान पुर्याएको भनेर सम्झिइने छ ।’ पत्रकार सम्मेलनको अन्तमा उनलाई सोधिएको थियो, ‘अन्तमा तपाईँ कुन गीत छान्नुहुन्छ रु’ उनले जर्मन गीत ‘ओडी टू जोय’ भन्ने गीत गाएर सुनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah