काठमाडौं । महाभारत विश्वकै ठूलो महाकाव्य हो जसको रचयिता कृष्ण द्वैपायन वेदव्यास मानिन्छन् । महाभारत काव्यभन्दा बढी हाम्रो जीवनसँग घुलमिल भएको छ तसर्थ यसका विषयमा कौतुहल हुन स्वाभाविक हो । खासमा भन्ने हो भने महाभारत युद्ध यसै कारणले भएको हो भनी किटान गर्न गार्‍हो छ तर आम मान्यता के छ भने युद्ध महिला, जमिन तथा स्वाभिमानका लागि हुने गर्छ ।
महाभारत युद्ध मूलतः जमिनको भागबण्डाका कारण भएको मानिन्छ तर यसका विषयमा केही विद्वान्हरू भन्छन्, यो कुरा त शान्तिपूर्वक पनि सम्पन्न हुनसक्थ्यो तर केही महिलाहरूको जिद्दीका कारण कौरव तथा पाण्डवहरूका बीच कटुता बढेर युद्ध हुन पुग्यो । हेरौं, को को हुन् ती महिला, जसका कारण महाभारतको भयंकर युद्ध भयो र सम्पूर्ण भारतवर्षमै अपूरणीय क्षति पुग्यो ।

सत्यवती

महाभारतको सुरुवात राजा शान्तनुको कथाबाट हुन्छ । भरतवंशी महाराज प्रतीपका पुत्र महाराज शन्तनुले गंगासँग विवाह गरी एक पुत्र प्राप्त गरेका थिए देवव्रत । गंगाले छाडेर गएपछि शन्तनुले बुढेसकालमा माझीपुत्री सत्यवतीसँग विवाह गरे । सत्यवतीले विवाहअघि शन्तनुसँग आफ्नो कोखबाट जन्मिएको सन्तान राज्यको उत्तराधिकारी हुनुपर्ने शर्त तेस्याएकी थिइन् ।

यो शर्त सुनेर चुपचाप फर्किएका शन्तनु बेचैन रहन थाले, उदासीले छोप्यो, चुपचाप एक्लै बस्न थाले । जब देवव्रतले यो कुरा थाहा पाए, उनले तत्काल गई सत्यवतीलाई वचन दिए कि ‘म आजीवन ब्रह्मचर्य पालन गर्नेछु, राज्य गर्ने पनि छैन र तपाईंका सन्तान नै गद्दीका उत्तराधिकारी हुनेछन् ।’ यस्तो प्रतिज्ञापछि देवव्रतलाई भीष्म भन्न थालियो ।

सत्यवती नै एक यस्तो कारण बनिन् जसका कारणले हस्तिनापुरबाट कुरुवंश नष्ट हुनपुग्यो । सत्यवतीको विवाह शान्तनुसँग गर्नका लागि भीष्मले प्रतिज्ञा नगरेका भए वेदव्यासका पुत्र धृतराष्ट्र तथा पाण्डु हस्तिनापुरको शासक हुने थिएनन् वा भनौँ उनीहरूको जन्म नै हुने थिएन । त्यस्तो अवस्थामा इतिहास नै अर्कै हुनसक्थ्यो ।

धृतराष्ट्र तथा पाण्डुका आमाहरू अम्बिका र अम्बालिका काशीराजका छोरी थिए । धृतराष्ट्र पत्नी गान्धार नरेश सुबलकी छोरी गान्धारी तथा पाण्डुपत्नी राजा कुन्तीभोजकी धर्मपुत्री पृथा वा कुन्तीको जन्म संघर्षैसंघर्षले भरिएको देखिन्छ ।

खास कुरा के भने अम्किा तथा अम्बालिकाका पति विचित्रवीर्यकी माता सत्यवतीले आफू छउन्जेल राजपाठ एवं महलको आन्तरिक क्रियाकलापमा ठूलो दखल राख्थिन् । उनैले सम्पूर्ण फैसला लिन्थिन् भने भीष्मको काम उनको आदेश तामेल गर्नु मात्र हुन्थ्यो । मर्ने बेलामा राजा शन्तनुले इच्छामृत्युको वरदानप्राप्त भीष्मलाई हस्तिनापुर राजसिंहासनमा बस्नेप्रति वफादार रही सेवा गर्ने आदेश दिएका थिए । सत्यवतीको गमनपश्चात् शक्तिकेन्द्र त बदलियो तर हस्तिानापुरको सौभाग्य भने फिर्न सकेन र अन्ततः महाभारतको युद्ध नै हुनपुग्यो ।

कुन्ती

कुन्तीको विवाह पाण्डुसँग भएको थियो जो त्यसबखत हस्तिनापुरका राजा थिए । उनी आप\mना दाजु अन्धा भएका कारण राजा हुन पाएका थिए ।

कथामा भनिए अनुसार ऋषिको श्रापका कारण पाण्डु सन्तान जन्माउन असमर्थ थिए । उनका दुई श्रीमती कुन्ती तथा माद्री दुवै निःसन्तान थिए । विडम्वना श्रीमतीहरूसँग यौनसम्पर्क राख्न खोजेमा पाण्डुको मृत्यु हुन्थ्यो । यसबाट दिक्दारिएका पाण्डु दुवै श्रीमतीलाई लिई वनवासमा गए, सिंहासनमा धृतराष्ट्रलाई राखियो ।

कुन्तीले विवाह हुनुअघि नै दुर्वासा ऋषिको वरदानका कारण सूर्यबाट पुत्र जन्माएकी थिइन् । लोकलाजका कारण कुन्तीले उक्त पुत्रलाई नदीमा बगाइदिइन् । उनी मन्त्रशक्तिद्वारा आफूले चाहेको देवतालाई बोलाएर उसबाट सन्तान जन्माउन सक्थिन् । यस्तो वरदानको कुरा सुनेपछि कुन्तीले पाण्डुकै सहमतिमा धर्मराजबाट युधिष्ठिर, वायुबाट भीमसेन तथा इन्द्रबाट अर्जुन जन्माइन् । उनले आप\mना सौता माद्रीलाई पनि उक्त रहस्य सिकाइदिइन् । माद्रीले अश्विनीकुमारलाई बोलाएर नकुल र सहदेव नामक दुई पुत्र जन्माइन् । यसरी पाण्डुका पाँचजना सन्तान जन्मिए ।

पाण्डु र माद्रीको मृत्यु भएपछि महत्वाकांक्षी कुन्ती आफ्ना पाँचजना छोराहरूलाई लिएर हस्तिनापुर गइन् । त्यतिबेला हस्तिनापुरमा रहेका सम्पूर्ण ऋषिमुनिहरू पाण्डुसँग मित्रता थियो तसर्थ उनीहरू मित्रका पुत्रहरूलाई सहयोग गरी हस्तिानापुरमा स्थापित गराउन सहयोग गरे । कुन्तीको कुरामा विश्वास गरेर सबैले पाण्डवहरूलाई पाण्डुपुत्र माने र उनीहरूको स्वागत गरे । हस्तिनापुरमा कुन्तीको भेट गान्धारीसँग भयो । गान्धारीका सयजना छोरा थिए ।

उनी आफ्ना सन्तानलाई हस्तिनापुरको राजा बनाउन चाहन्थिन् भने कुन्तीको चाहना पनि आफ्ना नै सन्तान राजा होऊन् भन्ने दियो । यी दुईबीच अप्रत्यक्ष रूपमा आआफ्ना छोराहरूलाई राज्याधिकारी बनाउने विषयमा द्वन्द्व चल्यो जसको कारण महाभारतको भयंकर युद्ध भयो ।

कृष्ण अन्तिम शान्तिदूत भई हस्तिनापुर आएर र्फकंदा कुन्तीले कृष्णमार्फत आप\mना पाँचजनै छोराहरूलाई सन्देश पठाएकी थिइन्- छोरा हो Û जुन दिनका लागि क्षत्राणीहरू कष्ट सहेर पुत्र जन्माउँछन् त्यो दिन आइपुगेको छ । युद्ध जसरी पनि हुनैपर्छ ।’ यसबाट उनी कति युद्धाकांक्षी थिइन् भन्ने छर्लंग हुन्छ ।

गान्धारी

धृतराष्ट्र आँखाबाट मात्र नभई मनबाटै पनि अन्धाको जस्तो व्यवहार गर्थे, यसकारण गान्धारी तथा उनका दाइ शकुनी -जो बहिनीको विवाहपछि गान्धार राज्य छोरालाई सुम्पेर हस्तिनापुरमै बस्न थालेका थिए) ले सम्पूर्ण राजकाज चलाउँथे । धृतराष्ट्रमा आफ्ना छोरो दुर्योधनप्रति अपार ममता थियो उनी छोारको कुनै पनि कुरा काट्न सक्दैनथे ।

गान्धारीको मनमा राजपाठ कुन्तीका छोराहरूको हातमा जाने हो कि भन्ने चिन्ता थियो । उता शकुनीले भानिज दुर्योधनको मनमा सानैदेखि पाण्डवहरूप्रति घृणाभाव जगाइदिएका थिए । गान्धारी तथा धृतराष्ट्रले पाण्डवहरूलाई पाँच गाउँ दिएर भए पनि युद्ध टार्न सक्थे तर उनीहरूले कहिल्यै पनि उक्त कुरा स्वीकार गर्न सकेनन् ।

द्रौपदी

पाण्डवहरूकी श्रीमती तथा पाञ्चाल नरेश द्रुपदकी पुत्री द्रौपदीलाई महाभारत युद्ध हुनुपछाडिका सबैभन्दा ठूलो कारण मानिन्छ । उनको जन्म पनि हस्तिनापुरका गुरु द्रोणचार्यसँग बदला लिनका लागि द्रुपदले गराएको यज्ञबाट दाजु धृष्टद्युम्नसँगै भएको थियो । महाभारतको कथा अनुसार दुर्योधन इन्द्रप्रस्थमा बेला द्रौपदीले गरेको खिसी नै पछि युद्धको कारण बनेको थियो ।

इन्द्रप्रस्थमा दैत्यराज मयले बनाइदिएको भव्य दरबार थियो । उक्त दरभारमा जमिनमा पानीको तथा पानीमा जमिनको भ्रान्ति हुन्थ्यो । त्यस्तो स्थलमा हिँड्दा दुर्योधन भ्रमित बनेका थिए । उनले पानी धनेर होसपूर्वक, लुगा स्याहारेर टेको ठाउँ जमिन हुन्थ्यो भने जमिन भन्ठानेर टेकोको ठाउँ पानीमा पथ्र्यो । यो देखेर द्रौपदी ‘अन्धाको छोरो अन्धो नै हुन्छ’ भन्दै जोडले हाँसेकी थिइन् जसले दुर्योधनको अभिमानमा गहिरो चोट पुर्‍यायो ।

दुर्योधनले आफूमाथि भएको अपमानको बदला जसरी भए पनि लिने उपायको खोजी गरे । शकुनीले यसमा सहयोग गरे । पाण्डवहरूलाई जुवा खेल्न हस्तिानापुर बोलाए र जुवामा उनीहरूको सबै राज्य जितेपछि द्रौपदीलाई समेत जितेर सभामा ल्याई दासी भन्दै नाङ्गो बनाउने प्रयास गरे । यसको परिणामस्वरूप कौरव र पाण्डवका बीच कहिल्यै मेटिन नसक्ने वैमनस्य एवं शत्रुताले प्रवेश पायो । यो महाभारत युद्ध हुनको सबैभन्दा ठूलो कारण बन्यो । द्रौपदीले दुःशासनको रगतले ननुहाएसम्म आफ्नो चुल्ठो नबाँध्ने प्रतिज्ञा गरेकी थिइन् ।

पाण्डवहरूले बार्‍ह वर्ष वनवास र एक वर्ष गुप्तवासको शर्त पूरा गरेपछि दुर्योधनसँग राज्य फिर्ता मागे । युद्ध हुने भयो किनभने दुर्योधनले सियोको टुप्पोबराबरको जमिन पनि पाण्डवहरूलाई नदिने बताए । यसअघि श्रीकृष्ण शान्तिदूत बनेर हस्तिनापुर जाने क्रममा युधिष्ठिरले कौरवहरूसँग मिल्दा शान्ति हुन्छ, मारकाट हुँदैन भनी सकेसम्म सन्धि गर्नुपर्ने कुरा गरेका थिए ।

त्यतिखेर द्रौपदीले रिसाउँदै यी लाछी पाण्डवहरू युद्ध गर्न चाहँदैनन् भने घरमै बसून्, म आफ्ना दाजुभाइ, बूढा बाबु तथा बालक छोराहरूलाई लिएर आफैं युद्ध मैदानमा जान्छु भनिन् । यसबाट जसरी पनि युद्ध गर्नैपर्ने द्रौपदीको मनोभाव छर्लङ्ग हुन्छ ।

सुभद्रा
सुभद्र कृष्ण तथा बलरामकी बहिनी थिइन् जसको विवाह कृष्णले युक्तिपूर्वक अर्जुनसँग गराइदिए । उता बलरामले पहिल्यै दुर्योधनलाई आफ्नी बहिनी सुभद्राको विवाह उनैसित गराइदिने वचन दिएका थिए । यसका कारण पनि अर्जुन र दुर्योधनका बीच एक प्रकारको वैमनस्य खडा भएको पाइन्छ ।

जानकारहरूका अनुसार महाभारत युद्धको कारण कुन्ती एवं गान्धारी बीचको लडाइँको परिणाम थियो जुन आगोमा घिउ थप्ने काम द्रौपदीले गरिन् । भन्ने नै हो भने न त कौरव वास्तविक कौरव थिए न त पाण्डव नै वास्तविक पाण्डव थिए । कौरव वेदव्यासका नाति थिए भने पाण्डव वेदव्यासका नाति तथा देवताहरूका पुत्र थिए ।

देवताहरू आफ्ना छोराहरूलाई राज्यको उत्तराधिकारी बनाउनका लागि अप्रत्यक्ष रूपमा युद्धमा सामेल भए तर वेदव्यास भने कहिल्यै पनि पक्षपाती रहेनन् । उनी निस्पृह बने ।

विभिन्न धार्मीक ग्रन्थको सहयोगमा साथै न्यूज अफ नेपाल डट कम बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah