अस्ट्रेलियामा एकजना यस्ता वृद्ध मानिस रहेका छन्, जसले अहिलेसम्म २४ लाख बच्चाको ज्यान बचाइसकेका छन् । डाक्टरहरु पनि यी वृद्धलाई भगवानको रुपमा मान्छन् ।

अस्ट्रेलियामा रहेका यि व्यक्तिले हालसम्म आफ्नो जीवनमा रक्तदान गरेर २४ लाख बच्चाको ज्यान बचाएका छन् । यद्यपी यो कुरा अचम्म लाग्दो र पत्याउन गाह्रो भएपनि ती व्यक्तिको मामलामा यो कुरा साँचो रहेको छ ।

मिडिया रिपोर्ट्सका अनुसार ८१ बर्षीय जेम्स हेरिसनको रगत निकै नै विशेष प्रकारको रहेको छ । उनको रगतमा यस्तो खास विशेषता रहेको छ कि, जुन प्राय जोकोही मानिसहरुको रगतमा पाइदैन ।

खासमा जेम्सको रगतमा एउटा खास प्रकारको एन्टीबडी रहेको छ । जसलाई एन्टी डी भनिन्छ । यो एन्टीबडीले गर्भमा बढिरहेको बच्चालाई ब्रेन ड्यामेज तथा अन्य विभिन्न प्रकारका घातक बिमारी (एचडीएफएन) सँग लड्ने क्षमता प्रदान गर्दछ । त्यसैले त्यस्तो रोगको जोखिममा रहेका गर्भावस्थाका बच्चाहरुका लागि उनको रक्तदानबाट उपचार हुने गरेको छ । उनको रगतका कारणले नै सायद आमाको गर्भमा नै आफ्नो प्राण त्याग्न सक्ने लाखौँ बालबालिकाहरुले स्वस्थपूर्ण नयाँ जीवन पाइरहेका छन् ।

पछिल्लो ६० वर्षमा उनले ११७३ पटक रक्तदान गरेका छन् । जुन आफैमा पनि अचम्मित पार्ने तथ्य रहेको छ । उनले आफ्नो जीवनमा अहिलेसम्म करिब १२ सय पटक रक्तदान गरिसकेका छन् । वृद्धावस्थाका कारण अबचाहिँ उनलाई रक्तदान नगर्न डाक्टरहरुले चेतावनी दिएका छन् ।

यद्यपी हेरिसन आफ्नो रगत दान गर्न नसक्ने कुराबाट चिन्तित भएका छन् । उनी यो सोचेर पनि भावुक हुने गर्दछन् कि, उनका कारणले नै लाखौँ मानिसहरु स्वस्थ र सुरक्षित साथ यस दुनियाँमा आउन सकिरहेका छन् ।

मिडिया रिपोर्टका अनुसार सन् १९६४ देखि हालसम्म हेरिसनले दान गरेको रगतबाट गर्भमा रहेका २४ लाख बालबालिकाको ज्यान जोगिएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah