दमक,झापा । घरमा सानाे भन्दा सानाे काम पनि नगर्ने तर ग्रलफ्रेन्डकाे लागि हदै सम्म गर्ने नाम हाे उनकाे बुद्धबीर ,नेपाली माटाे र ग्रामिण परिवेसकाे बिषय वस्तुलाइ प्रस्तुत गरिएको छोटो चलचित्र हो “ बुद्धबीर ” यसलाइ निर्माण गरेका छन् बलिहाङ र देअाेहाङले अनि निर्देशन छ नरेन्द्र लावतीको, जसलाइ युटुव मार्फत सार्वजनिक गरिएको छ ।
लामो समय देखी मोफसलमा रहेर कलाकारितामा लागि पर्ने संघर्षरत कलाकर्मीको नाम हो नरेन्द्र लावती, पूर्वीक्षेत्रमा बिषेश गरेर म्यूजिक भिडियो र छोटो चलचित्र अभिनय र निर्देशनमा सक्रिय छन लावती । थोरै काम तर राम्रो काम गर्नु पर्ने सिद्धान्तमा आफुलाइ अगाडि बढाइ रहेका लावतीले दर्शकबट पाएको माया बचाइरहन एकदमै मेहेनत गर्नुपर्ने बताउछन् । फरक फरक बिषयमा आफूलाई उभ्याई रहेका उनले मौलिक र नेपाली जनजीवनमा आधारीत छोटो चलचित्र मार्फत समसामायिक कथालाइ महत्व दिने गरेको बताए । यसै मध्येको एउटा कथा हो “ बुद्धबीर ” जुन समसामायिक र पुर्ण पारिवारीक छ ।
यसमा नरेन्द्र लावतीको साथमा ,मनिषा राज धिमाल,माेहन थेगिम,माैसम कन्दङ्वा र जीवन थापा लगायतको अभिनय रहेको यस छोटो चलचित्रमा पुरन राइको छायांकन ज्ञानेन्द्र कोइरालाको सम्पादन र नरेन्द्र लावतीको निर्देशन रहेको छ ।
बांकी हेर्नुहोस् भिडियोमा :



