शिक्षा मानिसको दृष्टि हो तर मानिसहरु यसलाई हलुका तरिकाले लिने गर्दछन । यसलाई सम्पति पछिको दोस्रो दर्जामा राख्छन । अन्तत महसुस हुन्छ साचिक्कै शिक्षा अपरिहार्य कुरा रहेछ भन्ने महशुस गर्छन ।
पोखरा महानगर – १९ महतगौँडा निवासी गोमा पराजुली विद्यालय जाने उमेरमा घास दाउँरा र मेलापातमै रमाउए । जव उनि ५२ वर्ष पुगेर ५३ वर्षमा लागे उनि लाइ पढाईको महत्वको वारेमा थाहा भयो ।
उनले निर्णय गरे अव म विद्यालय जान्छु । त्यसपछि उनि महोतगौडामै रहेको जानकी आधरभुत विद्यालयमा कक्षा १ मा भर्ना भए । परिवारलाई सम्पन्न वनाएर आफ्नो कर्तव्य पूरा भएको महसुस गरेकी गोमा विद्यालय जान थाले । उनका २ छोराहरु छन र उनिहरु अहिले अमेरिकामा छन । पेशाले उनिहरु दुवै जना इन्जिनियर हुन ।









