विवेकशील नेपाली दल झापाको आयोजनामा मिति २०७३ साल पौष १६ गते शनिवार केचना गाविस लाई लक्षित गरि केचना गाविसको कार्यालय परिसरमा मेची अञ्चल अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरहरुबाट निशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । डाक्टरद्वय रविन रेग्मी र सशांक पोख्रेलको स्वास्थ्यकर्मी टोलीको उपस्थितिमा संचालित शिविरमा निशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण गरियो । एक दिवशीय उक्त निशुल्क स्वास्थ्य शिविरमा २१५ जना बढी केचना तथा आसपासका गाविस वासीहरुले आफ्नो स्वास्थ्य परिक्षण गरेका थिए । निशुल्क औषधि वितरण गरिएको उक्त शिविरको संयोजन विवेकशील नेपाली दल झापा व्यवस्थापिका प्रमुख चण्डी अधिकारी र स्थानीय व्यवस्थापन विवेकशीलद्वय केशब गुरागाईं र विष्णुप्रसाद अधिकारीले गर्नु भएको थियो ।







