के बि महरा/करन मलेसिया ,मलेसिया जाने नेपाली कामदार हरुको भिसा तत्कालका लागि रोकिएको छ।
श्रम मन्त्रालयले रोजगार भिसा प्रकृयाका लागि पहिलो चरणमा गर्नु पर्ने ईमिग्रेसन सेक्युरेटी क्लियरेन्सको काम, अर्को सुचना जारी नभएसम्मका लागी बन्द गरेको छ।
मलेसियाले नेपाली कामदार हरुलाई आर्थिक भार पर्ने गरि एकतर्फी रुपमा ६५ ओटा संयन्त्रहरु लागू गरेको थियो । नेपाल सरकारले उक्त सिण्डिकेट तोडे संङ्गै मलेसियाले काम रोकेको हो ।
आई. एस. सिको काम गर्नकालागी मलेसियाले जि.एस.जी सर्भिस नेपाल पा.लि लाई एकतर्फी रुपमा ठेक्का दिँदै आएको थियो ।










