- के बि महरा,क्वालालम्पुर । मलेसिया जाने नेपाली कामदारहरुको भिसा प्रक्रिया तत्कालका लागि बन्द गरिएपछी नेपाली कामदारहरु प्रत्यक्ष मारमा परेका छन्। यद्यपि भिसा लिन चाहने नेपाली कामदारहरुले अँझै केही समय कुर्नु पर्ने सरकारी अधिकारी हरुले जनाएका छन्।

नेपाली कामदार मलेसियामा जाने प्रक्रीया मलेसियाले केही दिन यता बन्द गरिदिएपछी हजारौँ नेपाली कामदारहरु प्रभावित बन्न पुगेका हुन्। कामदारहरु संङ्ग लिने गरेको अतिरिक्त शुल्क बन्द गर्न नेपाल सरकारले दवाब दिँदै आएको छ। साथै उक्त समस्या कुटनैतिक प्रयासद्वारा चाँडै हल गरिने समेत सरकारी अधिकारी हरुले बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली कामदारहरुको प्रमुख गन्तव्री मुलुक मलेसियामा प्रतिमहिना दस हजारका दरले नेपाली कामदार जाने गरेका छन्।

भिसा प्रक्रिया अबरुद्ध भए संङ्गै मलेसिया कामदार पठाउँदै आएका रोजगार व्यबसायिहरु समेत प्रभावित बन्न पुगेका छन्।