धानमन्त्री केपी शर्मा ओलीले भृकुटिमण्डपमा भइरहेको कान्तिपुर हिसान एडुफेयरको उद्घाटन सत्रमा उद्घोषकको माईक खोसेका छन् । कार्यक्रमका प्रमुख अतिथि बनेर आएका प्रधानमन्त्री ओलीले माईक खोसेका हुन् । प्रधानमन्त्रीले माइक खोस्नुको ठूलो कारण भने छैन् ।
उद्घोषकले कार्यक्रमबाट केही रकम भारतमा उपचाररत राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सहयोग गर्छौ भन्दा ओलीले माईक खोसेका हुन् । ओलीको भाषण सकिए लगत्तै उद्घोषकले कार्यक्रबाट राष्ट्रकविलाई ५० हजार उपचारका लागि सहयोग गर्छौ भन्दा प्रधानमन्त्रीले माइक खोसेका हुन् ।
उद्घोषकले “हामी कार्यक्रमबाट ५० हजार राष्ट्रकविको उपचारका लागि सहयोग गर्न चाहान्छौँ” भनि नसक्दै ओली आफु बसेको ठाउँबाट उठेर माइक नजिक गए र उद्घोषकको माइक खोसे प्रधानमन्त्रीले भने “उहाँको उपचारको सम्पूर्ण खर्च राज्य व्यहोर्छ बरु त्यो रकम अन्य कुनै ठाउँमा डोनेट गर्नुहोस्”
हेर्नुहोस् भिडियोजस्ताको त्यस्तै
https://youtu.be/IojX4tQ-7LY https://youtu.be/IojX4tQ-7LY https://youtu.be/IojX4tQ-7LYhttps://youtu.be/IojX4tQ-7LY









