साताको पाँचौ्र दिन बिहीबार सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
बुधबार सुन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सुन प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य भने यथावत नै रहेको छ ।
बुधबार चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला चाँदीको मूल्य ७६५ रुपैयाँमै कारोबार भइरहेको छ ।



