काठमाडौं– विदेशबाट सुन ल्याउँदा अनिवार्य रुपमा भन्सार तिर्नुपर्ने भएको छ। यसअघि ५० ग्रामसम्म ल्याउँदा भन्सार तिर्नुपर्दैनथ्यो।

बजेटसँगै पारित भएको अर्थ विधेयकमार्फत सरकारले सुन आयातमा नयाँ प्रावधान लागू गरेको हो। जसअनुसार जतिसुकै सुन ल्याउँदा पनि अब भन्सार तिर्नुपर्ने हुन्छ। अर्थ विधेयक अनुसार ५० ग्रामसम्म सुन ल्याउँदा प्रति १० ग्रामको ५ हजार २ सय रुपैयाँका दरले राजस्व तिर्नुपर्ने हुन्छ। त्यसभन्दा माथि सय ग्रामसम्मको सुनको प्रति १० ग्राम ६ हजार २ सय रुपैयाँका दरले भन्सार तिर्नुपर्ने प्रावधान राखिएको छ।

यसअघि विदेशबाट ५० ग्रामसम्म मात्र सुन ल्याउन पाइन्थ्यो। त्यसलाई बढाएर एक सय ग्राम बनाइएको छ। तर, जतिसुकै सुन ल्याए पनि भन्सार तिर्नुपर्ने प्रावधान लागू गरिएको छ। यसबाट

वैदेशिक रोजगारमा जाने नेपालीहरु प्रभावित हुनेछन्। तर, सो प्रावधानको दुरुपयोग गरी सुन तस्करी भएपछि त्यसलाई रोक्न यस्तो प्रावधान प्रावधान लागू गरिएको छ।

एक सय ग्रामभन्दा धेरै सुन ल्याएमा भने त्यो सुन जफत हुने र भन्सार ऐनअनुसार कारबाही हुने भन्सार विभागका उपमहानिर्देशक नारायण सापकोटाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय