कुनै आमाले उसको काखमा भएको बच्चा तिम्रै हो कि होइन भनी सोध्दा कस्तो लाग्छ होला ? अमेरिकाको क्यालिफोर्नियामा यस्तै घटना सार्वजनिक भएको छ ।

बास्केटबल कोच लिन्जी गोटलिबलाई यसै भनियो । उनी आफ्नो प्रेमी प्याट्रिक मार्टिनका साथ साउथवेस्ट एयरलाइन्सको विमानबाट उडान भरिरहेकी थिइन् ।

उडानअघि लिन्जी टिकट काउन्टरमा पुग्दा एयरलाइन्सका कर्मचारीले काखमा भएको बच्चाको आमा तपाईं नै हो भन्ने साबित गर्नुस् भने । लिन्जीले यो घटनाको उल्लेख ट्विटर अकाउन्टमा गरेकी छन् ।

बच्चाको पासपोर्ट पेश गरेपनि एयरलाइन्सका कर्मचारीहरूले थप प्रमाण मागेको उनले बताइन् ।

लिन्जी गोरी छन् भने उनका प्रेमी प्याट्रिक काला छन् । अनि उनको बच्चाको रंग गहुँगोरो छ । त्यसैले एयरलाइन्सका कर्मचारीले उनलाई बच्चा आफ्नै हो भनी साबित गर्न लगाए ।

लिन्जीले ट्विटरमा लेखिन्, ‘मेरो प्रेमी र मेरो थर फरक छ अनि मेरो बच्चाको रंग गहुँगोरो छ त्यसैले मलाई उसको आमा साबित गर्न लगाइयो । यसभन्दा अघि म बच्चासँग ५० चोटि उडान गरिसकेको छु । मैले उसको पासपोर्ट पनि देखाएँ
तर अन्य प्रमाण पनि मागियो ।’

लिन्जीले आफूसँगको व्यवहार अपमानजनक र असंवेदनशील भएको बताइन् ।

सामाजिक सञ्जालमा आलोचना खेपेपछि एयरलाइन्सले आफ्नो कर्मचारीको व्यवहारका लागि लिन्जी र उनको परिवारसँग माफी मागेको छ । एयरलाइन्सले एक बयान जारी गरेर आफूहरूले लिन्जीलाई फोन गरेर माफी मागेको बतायो ।

यस घटनाबाट उदाहरण सिकेर अन्य कर्मचारीलाई तालिम दिइने पनि उसले बतायो । एयरलाइन्सको नीतिअनुसार, ग्राहक सेवा एजेन्टले कुनै सरकारी परिचयपत्र हेरेर बच्चाको उमेर अनिवार्य रूपमा पुष्टि गर्न पर्छ । तर बच्चा र उससँग यात्रा गर्ने वयस्कको थर एउटै हुनुपर्छ भन्ने छैन ।’

लिन्जीले यस घटनामा एयरलाइन्सको गल्ती भन्दा पनि एक असंवेदनशील कर्मचारीको गल्ती भएको बताएकी छन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah