मुलुककै दोश्रो सफा नगरपालिका घोषित इलाम नगरपालिकामा व्यवस्थित ल्यान्डफिल्ड साइटको उचित प्रबन्ध हुन सकेको छैन । इलाम बजारबाट निस्कने फोहोर नगरपालिकाको वडा नम्बर ३ खाल्डेमा अव्यवस्थित रुपमा बाटो छेउमा फाल्ने गरिएको छ । नगरपालिकाले जथाभावी फोहोर फाल्दा नजिकैको बस्तीका बासिन्दाहरुमात्र नभई सोही बाटो भएर हिड्ने पैदलयात्रीहरु समेत दुर्गन्धको शिकार बन्नु परेको छ । नगरपालिकाबाट निस्कने फोहोर व्यवस्थापनका लागि भनेर खरिद गरिएको जग्गामा मुख्य सडकबाट २ मिटरदेखि जथाभावी फोहोर थुप्रो बनाइएको छ । इलाम नगरपालिकाले २०६६ सालमा १४ लाख ५० हजारको लागतमा २९ रोपनी जग्गा खरिद गरी फोहोर व्यवस्थापन कार्यको सुरुवात गर्दै आएको छ । तर पर्याप्त बजेट नहुँदा ल्यान्डफिल्ड साइटलाई अझै व्यवस्थापन गर्न समस्या भएको इलाम नगरपालिकाका योजना अधिकृत राम साहको भनाई छ । नगरपालिकाले वि.स २०७० सालदेखि खाल्डेमा फोहोर फाल्दै आएको छ । यता स्थानीयवासी प्रकाश नेपालको भने बजार भरीको फोहोर ल्याएर सडकमा नै फ्याल्ने गर्नाले समस्या उब्जिएको गुनासो छ । देशकै उत्कृष्ट ५ सफा नगरपालिकाभित्र पर्ने भएपनि फोहोर व्यवस्थापनमा चासो नदिदा आफुहरु मर्कामा परेको स्थानीयबासिन्दाहरुको गुनासो छ । सो स्थानमा सडने र नसड्ने फोहोरहरु एकै स्थानमा फालिएका छन । यति मात्र नभई इलाम नगरपालिकको फोहोर फाल्ने गरिएको स्थानभन्दा करिव १ सय मिटरमात्र तल दातृ निकायको सहयोगमा कम्पोष्ट मल प्रशोधन केन्द्र बनाइएपनि प्रयोगमा आउन सकेको छैन । सिम–एनको १३ लाख, स्थानीयको २ लाख र नगरपालिकाको ६ लाख गरी कुल २१ लाखको लागतमा बनाइएको प्रशोधन केन्द्र ६ महिनाभन्दा लामो समयसम्म संचालनमा आउन सकेको छैन । वि.स २०७० सालमा निर्माण सम्पन्न गरिएको प्रशोधन केन्द्र २०७१ फागुन देखि बार्षिक २५ हजार रुपैया शुल्क नगरपालिकालाई बुझाउने सर्तमा जागृति नेपाल नामक संस्थाले लिजमा लिएको थियो तर सम्झौता १ बर्षभन्दा लामो समयसम्म टिक्न सकेन । इलाम नगरपालिकाले सफा नगरपालिकाको ताज बचाउन पनि फोहोर व्यवस्थापनको लागि स्थानीय निदान खोज्न तत्काल आवश्यक देखिएको छ ।
फोहोरको डंगुरले परिचय बदल्दै ईलाम

सवाल नेपालसंवाददातासोमबार, १७ पुस २०७३

फोहोरको डंगुरले परिचय बदल्दै ईलाम
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३


