पूर्व क्षेत्रीय प्रहरी कार्यालयको सचेतना अभियान अन्तरगत सोमबार विराटनगरस्थित अरनिको माविमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

क्षेत्रीय प्रहरी कार्यालय विराटनगर महिला तथा बाल(बालिका सेवा केन्द्रबाट खटिएका प्रहरीको टोलीले सो उच्च माविको कक्षा १२ मा अध्ययनरत विधार्थीहरुलाई घरेलु तथा महिला हिंसा, ईन्टरनेटको प्रयोग, साइबर अपराध, बाल अधिकार तथा बाल बिज्याँई, लागूऔषध दुर्व्यसनी तथा ट्राफिक नियमका बारेमा प्रशिक्षण दिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

“प्रहरी मेरो साथी”को ब्यानरमा रहेर प्रहरी नागरिक हातेमालो  अन्तरगत संचालित सो कार्यक्रममा ४५ जना छात्र तथा छात्रा सहभागी थिए।

कार्यक्रमलाई प्रहरी नायव निरीक्षक कृष्ण कुमारी अधिकारी, प्रहरी सहायक निरीक्षक चन्द्रा लावती र प्रहरी जवान ओमराज पौडेलले सहजीकरण गर्नु भएको थियो।

क्षेत्रीय प्रहरी प्रमुखको विशेष प्राथमिक्तामा रहेको अभियान अन्तरगत चालु आर्थिक वर्षमा हालसम्म विभिन्न १९ वटा विधालयका एक हजार बढी तथा विभिन्न ३ स्थानमा करिब ६ सय महिलाहरुलाई प्रशिक्षण प्रदान गरि सकिएको महिला तथा बाल(बालिका सेवा केन्द्रका प्रमुख एवं कार्यक्रम संयोजक कृष्णकुमारी अधिकारीले जनाउनुभयो।