एजेन्सी, १८ जेठ । भारतको कानपुरस्थित एक श्रीमानले विवाह गरेको तिन महिनामै श्रीमतीको प्रेमसँग विवाह गराइदिएका छन् । गत बुधबार सानिग्वान गाउँमा पुलिसको रोहबरमा गोलु भनिने सुजितले आफ्नी श्रीमती शान्तीको विवाह लखनउ बस्ने उनका प्रेमी रविसँग गराइदिएका हुन ।
सानिग्वाजका स्थानीय सुजितले श्याम नगरकी शान्तीसंग गत फब्रुअरी १९ तारिखमा विवाह गरेका थिए । उक्त विवाह हिन्दु रितिरिवाज अनुरुप भएको थियो । १५ दिनपछि माइती गएकी शान्ती घर नआएपछि घर नफर्किनुको कारण बुझ्दा उनले अरुलाई नै माया गर्ने बताउँदै सुजितसंग परिवारको दबामा विवाह गरेको बताएकी थिइन ।
श्रीमतीको कुराले चिन्तित भएका सुजितले उनका प्रेमीसँग विवाह गराइदिने बचन दिएका उनले आफ्नो परिवारलाई खुसी बनाए । श्रीमतीको प्रेमी रविलाई भेटेर शान्तिसंगको सम्बन्ध बारे बुझे । त्यसपछि प्रहरीलाई समेत जानकारी गराएर स्थानीय पाहुनाहरु उपस्थित गराएर सानिग्वानको हनुमान मन्दिरमा विवाह गराइदिएका थिए ।
सुजित भने, ‘सुरुमा दुबैको हत्या गरिदिन्छु भनेर सोचेका उनले तीनैजनाको जीवन र परिवार बर्बाद हुने सोचेँ । त्यसकारण स्थानीय र घरपरिवारसँगको सल्लाहपछि खुसी जीवनयापनको लागि यस्तो निर्णय गरेको बताए ।’प्रेमीसँग विवाह गरेपछि शान्तीले भनिन्, ‘मलाई पूर्ण विश्वास थियो कि मैले आफ्नो प्रेमी पाउनेछु । यसका लागि म गोलुको सहयोग जीवनभर बिर्सने छैन ।’
प्रेमी रवीका अनुसार दुबै एकअर्कालाई निकै माया गर्छन् । उनी भन्छन्, हाम्रो सम्बन्ध तीन वर्ष पुरानो हो । हामी एक मिसकलमार्फत साथी बनेका थियौं । आज हाम्रो प्रेमले पूर्णता पाएको छ ।’ विवाहपछि विदाईका क्रममा सुजित क्वाँक्वाँ रोएको बताइन्छ ।



