काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आयल निगमको सञ्चालक समिति बैठकले शनिबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ बढाएको छ । त्यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ पाँच रुपैयाँ बढेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोहितले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।
मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य भने ९५ रुपैयाँ पर्छ । भारतीय आयल कर्पोरेशनले शुक्रबार नयाँ मूल्यसूची पठाएपछि निगमले मूल्य समायोजन गरेको प्रवक्ता गोइतको भनाइ छ । पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा मूल्य समायोजन भए पनि खाना पकाउने ग्यासको भने मूल्य बढेको छैन ।
शनिबार भएको मूल्यवृद्धिपछि समेत निगमलाई अझै १५ दिनको घाटा १८ करोड ६२ लाख रहेको गोइतले जानकारी दिए । निगमले यो घाटा पूर्ति गर्न आन्तरिक तर्फ हवाई इन्धनको मूल्य पाँच रुपैयाँ बढाउँदा अन्तराष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिहजार लिटर ७५ डलर बढाएको गोइतले जानकारी दिए ।
आयल निगमले अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा नेपालमा समायोजन गर्दै आएको छ ।



