काठमाडौ । उमेरले बिहे गर्ने समय घर्किसकेको भएपनि थामी जातिका युवायुवतीले आफ्नो बिहे अघि आमाबुबाको बिहे सम्पन्न गर्नुपर्छ । थामी जातिको धार्मिक संस्कार अनुसार बाबुआमाको बिहे नगरी छोराछोरीको बिहे गर्ने बेला बिते पनि परम्पराअनुसार बिहे गर्न मिल्दैन । आफ्नो विवाह सम्पन्न गर्न धार्मिक परम्परा फुकाउन दोलखाको आलम्पु–१ का माइकल थामीले कुमारी बाहुनीका हातबाट सिन्दूर हाल्न लगाई आफ्नी आमा गुञ्जना थामीको विवाह गरिदिनुभएको छ । तीन दाजुभाइमा उनी जेठो हुन् । बाबु मायालु तीन दशकभन्दा बढी समयदेखि भारतको कालिङपोङ गई नफर्केका र आमाबाबुको विवाह पहिला नगरी आफ्नो विवाह गर्न नपाउने रीतअनुसार माइकलले यसरी आमालाई विवाह गराई आफ्नो विवाह गर्नुभएको हो ।

उहाँ भन्नुहुन्छ – “आफ्नो विवाह गर्न पाउँदिन । त्यसैले बाबुलाई लिन कालिङपोङ पटक पटक गएँ तर घर आउन नमानेपछि मेरो विवाह गर्न यो विधि अपनाउनुपरेको हो ।”गाउँका गण्यमान्यलाई भेला गराई पुरोहितसमेतको सल्लाहमा कुमारी बाहुनीका हातबाट आमालाई सिन्दूर हाल्न लगाई बाटो फुकाउनुपरेको व्यथा सुनाउँदै उहाँले भन्नुभयो – “अब दुई भाइका लागि पनि बाटो खुलेको छ ।” माइकलका लागि यो नयाँ पद्धति बसाउन निकै गाह्रो परेको थियो । यहाँका थामी जातिमा मृत्युपछि विवाह गरिदिने प्रचलन भने विद्यमान छ ।
अन्य समुदायका लागि यो चलन अनौठो लाग्न सक्ला तर थामी समुदायका लागि यो चलन सामान्य हो । सदरमुकाम चरिकोटदेखि उत्तरतिरको यो गाउँका थामी जातिको परम्पराअनुसार आफ्नो आमाबाबु अथवा अन्य कुनै पुस्ताको विवाह नभई मृत्यु भएमा उनका छोरानातिले उसको विवाह गरिदिनुपर्छ । सन्तानपछि पनि विवाह हुनु यो समुदायमा कुनै नौलो मानिँदैन । आलम्पु–४ का इन्द्रबहादुर थामीका अनुसार आफ्नो विवाहको विधि फुकाउन केराको थामलाई आफ्नो बाबुआमा मानी मृत बाबुआमाको विवाह गरिदिने चलन अझै कायम छ । बाबुआमामध्ये एकजना जिउँदै छन् भने एउटामात्र केराको थाम चाहिन्छ । आमामात्र जिउँदो भए केराको थाममा माटाको अर्कुन पनि बनाइन्छ । त्यो थामलाई बाबु मानी माइती मावलीसमेतलाई बोलाई भतेर खुवाइन्छ ।

बाबुमात्र जिउँदो भए केराको थाम र काँसको आम्खोरालाई आमा मानी विवाह गराइन्छ । यसरी विवाह सम्पन्न गराउन थामी पुरोहित चाहिन्छ । विवाहमा झाँक्री ९पुरोहित० र दुर्मी ९पण्डित०ले विधिअनुसार कर्मकाण्ड गर्नुपर्छ । बाबुबाजेका पालासम्म यसलाई राम्रै ढङ्गमा सम्पन्न गरिए पनि अब मात्र विधि पु¥याउने काम हुन थालेको उहाँको भनाइ छ । यो समुदायमा आपूmले विवाह गर्नुअघि आफ्ना वंशमा क–कसको विवाह भएको छैन, सो पत्ता लगाइसकेपछि पहिला आफ्ना पुर्खाको विवाह गराउनु अनिवार्य हुने र पछिमात्र आफ्नो विवाह गर्न पाइने अन्यथा नपाइने गाउँले बताउँछन् । आर्थिक विपन्नतामा बाँचेका उनीहरुका लागि यो चलन उचित नै मानिन्छ । धेरै जोडी गरिबीकै कारणले बाँचुञ्जेल विवाह गर्न सक्दैनन् ।

कहिलेकाहीँ तीन÷चार पुस्ताको विवाह पन्छाएपछि मात्र आफ्नो विवाह गर्न पाउने गरेको उनीहरुको गुनासो रहेको छ । किंवदन्तीअनुसार ब्रह्माले सबैलाई वेद बाँड्ने क्रममा थामीका भागमा आयुर्वेद परेको र कसैले यो वेद राम्रो होइन भनी आगोमा जलाइदिएको थियो । पछि ब्रह्माले वेद खोइ भनी खोजी गर्दा आगोमा जलेको बताइएको थियो । त्यसैले उनीहरुको वेद भने नभएका थामी जातिका जानकार बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah