मानिसहरु घुम्न जाँदा लक्जरी र सुविधासम्पन्न होटल होस् भन्ने चाहिररहेका हुन्छन् । तर पर्याप्त पैसाको अभावमा उनीहरु भनेजस्तो होटलमा बस्न सकिरहेका हुदैनन । यस्तोमा विभिन्न होटलहरुले आफ्नो कम्पनीको विज्ञापनका लागि र मानिसहरुलाई आकर्षित गर्नका लागि विभिन्न अफरको सुविधा पनि दिएका हुन्छन् ।
त्यस्ता सुविधा भने सामान्य खालका र केही मानिसहरुका लागि मात्र हुने गर्दछ । तर विश्वमा एउटा यस्तो होटल रहेको छ, जसले आफ्ना ग्राहकहरुका लागि एउटा ठूलो अफरको व्यवस्था गरेको छ ।
उक्त लक्जरी होटलले कुनै पनि जोडीलाई उक्त होटलमा रात बिताउदा १ करोड १० लाख बराबर पैसा दिने भएको छ । यसका लागि होटलले भने एउटा शर्त राखेको छ । तर यो अफर भने केबल जोडीहरुका लागि मात्र हुनेछ ।
बिवाहपछि जोडीहरु हनीमून मनाउनका लागि जाँदा अधिक सुविधासम्पन्न होटल रोज्ने गर्दछन् । यसका अलावा उनीहरु कुनै नयाँ ठाउँमा घुम्न जाँदा पनि यस्तो होटलमा नै समय बिताउन मनपर्ने हुन्छ । त्यस्तो जोडीहरु यस होटलको अफरका बारेमा सुनेर अवश्य पनि एकपटक जान रुचाउनेछन् ।
यस्तो एउटा ठूलो अफर इजरायलको एउटा होटलले तयार गरेको हो । यस होटलले राखेको शर्त पुरा गर्नुभयो भने तपाई एक रातमा नै करोडपति बन्नुहुनेछ ।
इजरायलको राजधानी जेरुसेलस्थित येहूदा नामक यस होटलमा हनीमून वा समय बिताउन आएका जोडीहरुका लागि उक्त अफर राखिएको हो । तर होटलले राखेको शर्त अनुसार यस होटलमा आएकी महिलाले होटलले बताएको तारिखमा नै गर्भजती हुनुपर्ने शर्त राखिएको छ । यदि कोही महिला यसमा सफल भएमा होटलको तर्फबाट उक्त जोडीलाई १ करोड १० लाख रुपैया दिइनेछ ।
होटलको अफर अनुसार महिला २९ फेब्रुअरीका दिनमा नै गर्भवती हुनुपर्नेछ । यसका लागि होटलमा भएका डाक्टरले नै सबै परीक्षण गर्नेछन् कि, महिला पहिलै गर्भवती त थिईनन्?
यदि महिला २९ फेब्रअरीमा नै गर्भवती भईन् भने होटलले १ करोडभन्दा बढी दिनुका साथै सम्पूर्ण ट्रिप खर्च पनि उठाउनेछ ।



