काठमाडौं– साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ छ । यस्तै चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन चाँदी यही मूल्यमा कारोबार भएको थियो ।



