
गौरादह /झापा क्षेत्र नम्बर ६ मा भईरहेका विकास निर्माणका कामको आगामी बिहिबार सो क्षेत्रका सांसद दिपक कार्कीले निरीक्षण गर्नुहुने भएको छ ।
केहि दिनदेखि झापामै रहनुभएका सांसद कार्कीले आज सवाल नेपालसँग कुरा गर्दै आफ्नो झापा बसाई केहि दिन लम्बिएको र यहि बेला आफ्नो क्षेत्रमा चलिरहेको विकास निर्माणका योजनाहरुको निरिक्षण गर्ने बताउनुभयो । आगामी २३ गतेसम्म झापामै रहने बताउदै सांसद कार्कीले भईरहेका कामका बारेमा बुझ्न आफु सबै जसो आयोजनास्थलमा पुग्ने उल्लेख गर्नुभयो । झापा क्षेत्र नम्बर ६ का बिभिन्न स्थानमा अहिले बिभिन्न आयोजनाहरु मार्फत विकास निर्माणका कामहरु तिब्र रुपमा भईरहेका छन् ।



