एतिबेला नेपाली टि.भी.च्यानल हाेस या यूटुव च्यानल जताततै हास्य बिधाले प्राथमिकता पाएकाे छ,यही नेपाली हास्य ब्यंय क्षेत्रमा एउटा नयां खुराक थपिएकाे छ जसकाे नाम हाे “चतुरे डन” ।याे “चतुरे डन” हास्य श्रृखलाकाे रूपमा अार्ट टि.भी यूटुव च्यानल मार्फत प्रसारण हुनेछ ।
“चतुरे डन” नेपाली समाजकाे माैलिक परिवेसमा समाजमा रहेका पात्र हरूकाे मनाेबिज्ञानमा अाधारित रेहेर तयार पारिएकाे हास्य श्रृंखला हाे ।मानिसहरू समाजमा कसरी अाफु सबै भन्दा उत्क्रिष्ठ र सही रहेकाे अभिनय गर्छन भन्ने कुरालाइ हास्य शैलिमा प्रस्तुत गरिएकाे छ ।
“चतुरे डन”मा मनाेज खत्री श्रृष भूमिकामा देखीएका छन भने अन्य कलाकारहरूमा सुवास शंकर,साेस्तिमा बुढाथाेकी,अबिरल ढुंगाना,सुवास अधिकारी,मनिस खत्री र केशव कार्की लगायत रहेका छन ।मनाेज खत्रीकाे लेखनमा ,छायांकन, सम्पादन तथा निर्देशन सर्बज्ञान फिल्मस् काे रहेकाे छ।हेर्नुहाे याे “चतुरे डन” काे पहिलाे भाग ।
भिडियो को लागि तल हेर्नुस:



