साइबेरिया । साइबेरियामा एउटा मुटु हल्लाउने खालको हत्याको रहस्य खुलेको छ । साइबेरियाको लूजीनो क्षेत्रमा एक जना आफ्नो बगौचामा आलु लगाइरहको थिए । माटो खोत्ल्दै गर्दा उनको हातमा अचानक एउटा मानव खोपडी फेला पर्यो ।
मानव खोपडी देखेर ती मानिसको होश उड्यो । तर त्यो भन्दा रहस्यमय कुरा के भने जब उनकी पत्नी पछाडि बाट आएर भनिन् ‘नडाराऊ यो त मेरो पहिलो पति हो । जुन २० वर्ष अगाडि मेरै हातले मरेको थियो ।’ त्यसपछि दोस्रो लोग्नेले उनलाई जेल पुर्याए !
घटनाको रहस्य थाहा पाएपछि दोस्रो पति आतिए । पत्नीले उनलाई भनिन्, ‘ यो कुरा २० वर्ष पुरानो हो । मेरो पहिलो पति बेस्सर रक्सी खाएर आएको थियो । रिसको झोंकमा मैले उसलाई बञ्चरोले हाने । यसै कारणले उसको मृत्यु भयो ।
घटना बारे बताउँदै ६० वर्षी महिलाले दोस्रो श्रीमानलाई नआत्तिन र शान्त हुन आग्रह गरिन् । र भनिन् ‘अब सबकुरा भूल।’
तर दोस्रो श्रीमान सिधै प्रहरीमा गएर यसबारेमा सूचना दिए । प्रहरीका अनुसार महिलाले अपराध स्वीकारेकी छन् । हत्या गरिएका पहिलो श्रीमानको सबै कंगाला फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले भनेको छ, ‘ ५२ वर्षका पहिलो श्रीमानलाई ती महिलाले टुक्रा–टुक्रा पारेर बगैचामा गाडेकी थिइन । र त्यसमाथि उनले आलु लगाउन थालिन । जब छिमेकीले महिलालाई उनका श्रीमानका बारेमा सोध्थें, उनी भन्थिन, ‘ कामको सिलसिलामा उनी बाहिर गएका हुन तर अहिलेसम्म फर्किएनका छैनन् ।’
एक प्रहरी अधिकृतका अनुसार महिलाको यो अपराध धेरै गम्भीर छ । अब उनलाई कम्तिमा पनि १० वर्षसम्म कैद सजाय हुनसकछ ।
उनका दोस्रो श्रीमान आलु लगाएर बाचेको प्रहरीले प्रतिक्रिया दिएको छ ।



