एजेन्सी। न्युयोर्क सिटी पुलिस डिपार्टमेन्टका चार अधिकारीले एक १५ महिनाकी बालिकालाई मृत्युको मुखबाट बाहिर निकालेका छन्। बालिकाले अचानक सास फेर्न बन्द गरेकी थिइन्। उनलाई ‘सेइजर’ (एक प्रकारको रोग जसका कारण दिमागमा सक्रिय तन्त्रीका कोशिकाले काम गर्न छोड्छन) भएको थियो।

२९ वर्षीया क्यारेलिन इवानोभ शनिबार राति आफ्नो छोरी क्लोसँग ब्रुकलीन रेस्टुरेण्ट गएकी थिइन्। जहाँ उनकी १५ महिनाकी छोरीले अचानक सास फेर्न छोडिन्।

छोरीको अवस्था नाजुक भएपछि आमाको होश उड्यो। छोरीलाई बोकेर क्यारोलिन रेस्टुरेण्ट बाहिर आइन्। उनले बाहिर प्रहरीको गाडी देखिन्। क्यारोलिन सिधै गएर प्रहरीको गाडीमा बसिन् र छोरीलाई बचाउन सहयोगको याचना गर्न थालिन्। गाडीभित्र रहेका प्रहरी अधिकारी माइकल पेस र जोसेफले बालिकालाई हेर्दा उनले सास पनि फेरेकी थिइनन् भने उनको शरीर निलो भइसकेको थियो।

 

त्यसपछि प्रहरीले वायरलेस फोनबाट तत्काल एम्बुलेन्सलाई फोन गरे। जुन आठ मिनेटको दूरीमा थियो। वायरलेसमा एम्बुलेन्ससँग भएको वार्ता नजिकै रहेका अर्का प्रहरी अधिकारी डेनियल न्युम्यानले सुनिरहेका थिए। जोसँग प्रहरीका अर्का अधिकारी पनि सँगै थिए। दुवै तत्काल पेस भएको ठाउँमा पुगे र एम्बुलेन्सलाई कुर्नुको साटो बच्चीलाई अस्पताल लैजाने निर्णय गरे।

त्यसपछि प्रहरी अधिकारीले बच्चीलाई पेट्रोलिङ कारमा राखे। पछाडिको सिटमा बसेका डेनियलले बच्चीलाई सीपीआर दिइरहेका थिए। उनले बच्चीको मुखमा आफ्नो औंला हालेर पनि हेरे, कतै बच्चीको घाँटीमा केही अड्केको छ की भनेर। प्रहरीले आफ्नो सक्रियता देखाउँदै बच्चीलाई कोने आइल्याण्ड अस्पताल पुर्याए।

डेनियलले लगातार बच्चीलाई सीपीआर दिए। त्यसपछि बच्चीको शरीरको रंग सामान्य हुँदै थियो भने बच्ची रुन पनि थालिन्। बच्चीलाई अस्पतालको इमर्जेन्सीमा भर्ना गराइएको थियो। जहाँ डाक्टरले उनको उपचार गरेका थिए। डाक्टरले बच्चीलाई अस्पताल ल्याउन ढिला गरेको भए उपचार संभव नहुने बताए। डाक्टरले प्रहरी अधिकारी डेनियलले बच्चीलाई लगातार सीपीआर दिएका कारण बच्चीको ज्यान बचाउन संभव भएको बताए। अहिले बच्चीको अवस्थामा सामान्य रहेको छ। बच्चीकी आमा क्यारोलीनले प्रहरी अधिकारीको गुन आफूले जीवनभर नभुल्ने बताएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah