आचार्य चाणक्य अर्थशास्त्रका महान ज्ञाता थिए। उनले अर्थ तथा कुटनीतिको बलमा सामान्य बालक चन्द्र गुप्त लाई भारतिय सम्राट चन्द्र गुप्त मौर्य बनाइ दिएका थिए।

चाणक्यले अर्थशास्त्र देखि राजनीति,कुटनिति र जनजीविका बारे धेरै नीति तयार पारेका छन्।

सारा संसार आज उनलाई उनका नीतिका आधारले चिन्छ।

सयौं वर्ष पहिले लेखिएका उनका नीतिहिरु हुबहु उपयोगी सावित त नहोला तर एउटा गाइडलाइनका रुपमा सहयोगी हुन भने पर्याप्त छन्।उनले प्रस्तुत गरेका केहि नीतिहरु प्रसांगिक र असान्दर्भिक पनि छन् तर तत्कालिन परिस्थितलाई याद गरेर अध्ययन गर्दा फलदायी हुन सक्छ ।

जीवनमा सफलता वा असफलता, लाभ वा हानी, सुख वा दुःख आऊँछन् जान्छन्।मानिसलाइ सफलता, लाभ र सुख क कहिले प्राप्त हुन्छ यो मानिसले गर्ने कर्ममा निर्भर रहन्छ।

तर आचार्य चाणक्यले यस्ता कुरा बताएका छन्, व्यक्तिले जीवनमा कहिले हानी वा नोक्सानको सामना गर्नु पर्दैन् ।

उनका यी नीतिहरुलाई लागु गर्ने हो भने मानिस जस्तासुकै नोक्सानबाट बच्न् सक्छ।

यसका लागी आचार्य चाणक्यले ६ कुरा सुझाएका छन्

१.समयको पहिचान
जोसुकै समझदार मानिसले जान्दछ हाल कस्तो समय चलिरहेको छ। सुख दिन छन कि दुःखमा जिन्दगी चलिरहेको छ ? यस्कै आधारमा काम गर्नु पर्छ। दुःखका बेला धैर्यता नगुमाउनु र समझदारीका साथ अगाडी बढ्नु र सुखमा बेलामा लापरवाही गर्नु हुँदैन् ।

२.मित्र र शत्रुको पहिचान
मानिसले आफ्ना मित्र र शत्रु चिन्न सक्नु पर्छ। हामीले सच्चा मित्र र शत्रु चिन्यौ भने हानी बाट बच्न सकिन्छ ।जीवनमा मित्रका भेषमा शत्रु पनि आउँछन्। यिनीहरुबाट बच्न पर्छ। शुत्रलाइ चिनेर उनिहरुबाट सधै बच्नुमा भलाइ छ।

३.स्थानको पहिचान
मानिसलाई आफू बसेको स्थानका बारेमा जानकारी हुनु पर्छ।त्यहाँको वातावरण र परिस्थितिले धेरै कुरा तय गर्छन्।

यदी खराव मानिस बस्दछन् भने सावधान रहनु पर्छ भने वातावरण स्वास्थ अनकुल छैन् भने त्यसबाट बच्न पहिलै प्रवन्ध गर्नु पर्छ ।

४.आय र व्ययको जानकारी
मानिसलाइ आफ्नो आय व्यय अर्थात कमाइ र खर्चको जानकारी हुनु पर्छ। आफ्नै कमाई अनुसार खर्च गर्ने हो ।

आफ्नो आर्थिक तागत बमोजित योजना गर्नु पर्छ।

५.आफ्नै पहिचान
मानिसलाई आफ्नो योग्यता र कुशलता थाहा हुनु पर्छ। योग्यताले नभ्याउने काम गर्नु हुन्न ।

आफूलाई सुहाउने र क्षमता पुग्ने कार्य गर्दा सफलता हासिल हुन्छ ।

६.गुरु वा स्वामी के चाहन्छन् ?

मानिसलाई आफ्नो गुरु वा स्वामी के चाहन्छन्, थाहा हुनु पर्छ। उनि जे काम गराउन चाहन्छन् त्यही गर्नु पर्छ। यसो गर्दा केही अफ्ट्यारोको सामना त गर्नु पर्ला र यही सहि नीति हो । (आजकल गुरु वा स्वामीका कुरा असान्दर्भिक भएकाले यसलाई विशेषज्ञका रुपमा बुझ्दा राम्रो होला ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah