चाणक्य दार्शनिक तथा महान सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए। चाणक्यले स्त्रीका बारेमा आफ्नो मिश्रीत नीति र बिचार प्रकाशित गरेका छन त्यसमध्ये केहि सकारात्मक छन त केहि नकारात्मक पनि । केहीलाई समयको बदलिदो परीवर्तनसंगै स्वत असान्दर्भिक तुल्याइ दिएका छन भने केहि भने अहिले पनि मननयोग्य नै छन ।

मनुस्मृतिले विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ। स्कन्धपुराणको केदारखण्डको श्रीस्वस्थानीले पनि यही विचारलाई समर्थन गरेको छ। विवाहलाई जीवनको सबैभन्दा पवित्र बन्धन मानिन्छ, त्यसकारण हामीले यसमा हरेक प्रकारको सावधानी अपनाउनुपर्ने हुन्छ । विवाहको लागि गरिने सानो गल्ती अथवा असावधानीले तपाईंलाई जीवनभरी समस्या दिने गर्दछ । विशेष गरि चाणक्य नीति अनुसार सुन्दर भएपनि यस्ता गुणहरु हुने स्त्रीसँग बिहे गर्नुहुँदैन।

महिलाहरुको स्वभाव, उनीहरुको सोच, ब्यवहारका बारेमा आचार्यले गहिरो अध्ययन गरेका छन् । महिलामाथि चाँडो विश्वास गर्नु हुँदैन भनेका छन् चाणक्यले । उनको यस कुरामा धेरैको विमति पनि हुनसक्छ । तर चाणक्यले दिएको तर्कले उनको कुराप्रति विश्वस्त हुन सकिन्छ । चाणक्यका अनुसार महिलाको स्वभावमा यस्तो लक्षण पाइन्छ जुन विश्वास गर्न गाह्रो हुने गर्छ । महिलाले कुनै पनि कुरा लामो समयसम्म मनमा राख्न नसक्ने चाणक्यको तर्क छ । चाणक्यले निम्न प्रकारका महिलामाथि विश्वास र विवाह गर्न नसकिने बताएका छन् ।

१. विवाह गर्दा स्त्रीको सुन्दरता होइन कुल हेर्नुहोस्

आचार्य चाणक्यले भनेका छन्– ‘वरयेत् कुलजां प्राज्ञो विरुपामपि कन्यकाम् । रुपशीलां न नीचस्य विवाहः सदशे कुले ।’ यस श्लोकका माध्यमबाट आचार्य चाणक्यले कुन स्त्रीसँग विवाह गर्न हुने र कुन स्त्रीसँग विवाह गर्न नहुने भनि प्रष्ट पारेका छन् । आचार्य चाणक्यले स्त्रीको सुन्दरतालाई गौण मानेका छन् । यदि कोही पुरुष स्त्रीको सुन्दरता देखेर विवाह गरेमा पुरुषको गल्ती हुने बताएका छन् र त्यस्ता पुरुषलाई मूर्खको संज्ञा दिएका छन् ।

आचार्य चाणक्यले ग्रन्थमा स्त्रीको संस्कारलाई विशेष महत्व दिएका छन् । राम्रो संस्कार भएको स्त्रीको कारण घर स्वर्ग जस्तै हुने र पूरै परिवारको रेखदेख हुने चाणक्यले ग्रन्थमा उल्लेख गरेका छन् । नराम्रो संस्कार भएका महिलाको कारण घर बिग्रन सक्ने खतरा समेत हुने सक्ने उनको धारणा छ । स्त्री सुन्दर नभएपनि राम्रो संस्कारको स्त्री भएमा परिवारको भविष्य सुन्दर हुन्छ । धर्ममा विश्वास नगर्ने महिलाले परिवार सम्बन्धमा पनि अविश्वास गर्ने सम्भावना रहन्छ । त्यस्ता स्वभाव भएका स्त्रीबाट परिवार बिग्रने खतरा रहने आचार्यले ग्रन्थमा उल्लेख गरेका छन् ।
हाम्रो नेपाली समाजमा धेरैजसो पुरुषहरु महिलाको सुन्दरता हेरेर विवाह गर्ने गर्दछन् । तर उनको भनाई अनुसार कोही सुन्दर स्त्रीविवाहको योग्य हुँदैनन्, त्यसकारण हामीले सावधानी अपनाउनुपर्छ । उनको अनुसार समझदार मानिस त्यो हुन्छ जसले उच्चकुल अर्थात संस्कारी परिवारमा जन्मेको महिलासँग विवाह गर्ने निर्णय गर्छ । सुन्दर स्त्री यदि उनी अधार्मिक चरित्र भएको छिन् भने विवाह पछि उनले परिवारलाई तोड्छिन् ।

२. सधै ध्यान राख्नुहोस

जो स्त्री अर्काको साथमा भाषण गरेर हिड्दछे, अर्कालाई विह्वल भएर हेर्दछे, ह्दयमा अर्काको चिन्ता गर्दछे त्यस्ता स्त्रीहरुको प्रीति कहिल्यै पनि एउटामा रहँदैन त्यस्ता स्त्रीहरुको बिश्वास गर्नुहुन्न । चाणक्य नीति अनुसार सुन्दर भएपनि यस्ता गुणहरु हुने स्त्रीसँग बिहे गर्नुहुँदैन ।

अन्त्यमा मानिस जे जस्तो कुलको भएपनि उसमा विचार सकरात्मक र उच्च हुनुपर्छ । सबै कुरा ब्यक्तिमा भरपर्छ । आजकल त कुल-खन्दान भन्ने तर फर्सी कुहिएको जस्ता मानिसहरु पनि हाम्रो समाजमा धेरै छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah