पाँचथर, २० पुस । पाँचथरको फिदिममा जारी आठाँै अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कर्णसिंह सोनाम स्मृति मेमोरियल क्लब ताप्लेजुङ सेमिफाइनल प्रवेश गरेको छ ।

आज भएको अन्तिम क्वाटरफाइनल खेलमा चर्च ब्वाइज काठमाडौँलाई ६–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै ताप्लेजुङले अन्तिम चारको यात्रा तय गरेको हो ।

ताप्लेजुङलाई जिताउन सेगुन इएटायोले ४१ आँै, ४६औँ र ७८ औँ मिनेटमा गोल गर्दे ह्याट्रिक गरेका थिए । यस्तै सुनिल बलले खेलको ५३ आँै मिनेटमा थपिएको इन्जुरी समयमा गरेर दुई गोल र निराजन खड्काले ३८ औँ मिनेटमा गोल गरेका थिए ।

उता ब्वाइज युनियनकातर्फबाट अजय मार्टिकले १३ आँै मिनेटमा एक गोल गरेका थिए ।

प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो सेमिफाइनलमा आयोजक फिदिम स्पोटिङ क्लब फिदिम र बिर्ता युनाइटेड क्लब झापाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

नेपाल, भारत र भुटानका गरी १० टोली सहभागी रहेका सो प्रतियोगितामा विजेताले रु दुई लाख ५० हजार र उपविजेताले रु एक लाख ७५ हजार नगद पुुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah