दमक । झापाको दमकस्थित बिआरएन ब्रदर्शले आइतबार सुजुकीको तेस्रो संस्करणको स्विफ्ट कार लन्च गरेको छ । दमकका लागि आधिकारिक विक्रेता बि आर एन ब्रदर्शले सुजुकिको स्विफ्टको तेस्रो संस्करणको मोडल बजारमा ल्याएको हो ।
आईतबार एक कार्यक्रमको आयोजना गरी ब्रदर्शले उक्त आर्कषक स्विफ्ट कार सार्वजनिक गरेको हो । कारको सार्वजनिक दमक जेसिजका अध्यक्ष चन्द्र खत्री र रोटरी क्लव अफ दमकका अध्यक्ष गंगा काफ्लेले सयुक्त रुपमा गरेका थिए । यसमा नयाँ स्विफ्ट सिंगल एपर्चर फ्रन्ट ग्रील, एल इ डि प्रोजेक्टर हेडल्याम्प, कट टु–टोन ओयल व्हील तथा इन्टेरियर सहित एक उत्कृष्ट डिजाइनको भएको साथै उच्चस्तरीय पर्फोमेन्स्र यात्री, पैदल यात्री एवं बालबच्चाको सुरक्षामा केन्द्रित डुवल एयरब्याग, इबिडि सँगै एबिएस, आइसोफिक्स् र टोटल इफेििक्टभ कन्ट्रोल टेक्नोलोजी प्रविधिमा आधारित रहेको डिलरका सेल्समेन नवराज भन्डारी ले बताए
यसको प्रारम्भिक अफर सहितको मुल्य रु २८,९९,००० तोकिएको छ । कारको लन्च गदै बिआर एन ब्रदर्शदमकका सञ्चालक सञ्जु पराजुलीले नयाँ पुस्ताहरुलाई लक्षित गदै स्विफ्ट कार ल्याइएको बताउनुभयो । उहाले हरेक युवाले एकपट यो कार चढ्नुपर्ने बताउनुभयो । ब्रदर्सले हरेक पटक आकर्षक कारहरु सार्वजनिक गर्दै आएको छ । बिगत तिन बर्ष देखी दमकमा सुजुकी ब्राण्डका गाडिहरु सार्वजनिक गरिरहेको पराजुली बताए ।



