दमक । झापा दमक ६ का रेमन प्रसाइले एन्टी ह्याकिड्ग सप्ट्वेयर निर्माण गरेका छन् ।

दमकको सिद्धार्थ बोर्डिङमा कक्षा ९ मा अध्ययन गर्ने १४ वर्षिय रेमनले स्कुलमा कक्षा ६ देखि कम्प्युटर पढाइ हुने भएपनि सानैदेखि युट्युव हेरेर र वेवसाइट क्रयाक गर्दै अनलाइन कक्षाको माध्यमबाट सप्टवेयर निर्माण गरेका छन् । उनको यो सप्ट्वेयरले अब कुनै पनि कम्युटरलाई ह्याक हुन बाट बचाउछ । ७ महिनाको अथक मिहेनत पछी उनले रेमेक्स नामको सप्टवेयरको विकास गरेका हुन् । अहिले उनको सप्ट्वेयर लाइ गुगलले सर्टिफाइड गरी ३० हजार अमेरीकी डलर नेपालको ३० लाख माथिको रकममा खरिद प्रकिया अघी बढी सकेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुरुमा अनलाइनको माध्यमबाट बिदेशी ह्याकरहरु संगको सम्पर्क बढाए उनीहरुले दिएको शिक्षा अनुसारै त्यो काम अघि बढाए तर अहिले रेमनले तिनै ह्याकरहरु लाइ चुनौति दिएका छन् । विद्यालयको समय देखि उभ्रिएको समय उनले यसका लागी खर्च गरेका हुन् । रेमन अहिले सप्ट्वेयर निर्माण र अध्ययनलाई संगसंगै अगाडी बढाइ रहेका छन् ।

https://youtu.be/gS-dDbwIh_0