मलेसियामा नेपालीले नेपालीकै घाँटी रेटेर हत्या गरेका छन।

मलेसियाको जलान इपो लेबस सिटीस्थित एक कम्पनीमा कार्यरत बर्दिया सूर्यपटुवा ओराली बजारका रोशन थापाको आइतबार राती सोहि कम्पनीमा कार्यरत अर्का नेपालीले घाँटी रेटि हत्या गरेको स्रोतले जानकारी दिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गैरकानुनि (अवैधानिक) रुपमा एकै ठाउँमा काम गरिरहेका उनीहरु आइतबार दिउँसोसंगै बसेर मदिरा सेबन गरेका थिए ।

मदिरा सेवनपछी काठमाडौ घर भएका सोनाम मगरसँग रोशनबीच सामान्य विवाद भएको थियो । विवादपछि हात हालाहाल हुँदा सोनाम मगरले घाटीमा तरकारी काट्ने चक्कु प्रहार गरेको र रोशनको घटना स्थलमै मृत्यु भएको स्रोतले बताएको छ।

घटनापछि प्रहरीले चक्कु प्रहार गर्ने सोनाम मगरलाई नियन्त्रणमा लिइसकेको र शवलाई पोस्टमार्टमको लागि नजिकैको अस्पतालमा लगेको सोही कम्पनीमा कार्यरत मृतकका साथी बर्दियाकै दिनेश खड्काले जानकारी दिए।

मृतक थापा बिबाहित हुन उनको घरमा एक छोरी र श्रीमती छन। घटनाबारे नेपाली दूतावासलाई जानकारी गरार्इ सकिएको र आवश्यक प्रक्रिया पूरा गरि मृतको शव नेपाल पठाउने तयारी रहेको खड्काले जानकारी दिएका छन। एभरेस्ट दैनिक बाट साभार