काठमाडौँ । बैंकहरुले ब्याजदरमा सीमा लगाएसँगै धमाधम नयाँ ब्याजदर सार्वजनिक गरिरहेका छन् । बिहिबार बचतमा ७ प्रतिशत र मुद्दति निक्षेपमा ११ प्रतिशत भन्दामाथि नजाने गरी सहमति भएको थियो ।
ब्याजदरको सीमामा रहने सहमति भएको भोलिपल्ट बैंकहरुले सार्वजनिक सूचना प्रकाशित गर्दै नयाँ ब्याजदर कायम गरेका छन् ।
निक्षेपको ब्याजदर प्रकाशित गर्नेमा एनसीसी बैंक रहेको छ । यसले असार ८ गतेबाटै लागु हुने गरी बचतमा ७ प्रतिशतसम्म र मुद्दति निक्षेपमा साढे १० प्रतिशत ब्याजदर कायम गरेको जनाएको छ ।
यस्तै आजैबाट लागु हुने गरी नेपाल बंगलादेश बैंकले पनि बचतमा ७ प्रतिशत र मुद्दति निक्षेपमा १० प्रतिशतको ब्याजदर सार्वजनिक गरेको छ ।
ग्लोबल आइएमई बैंकले साढे १० प्रतिशत सम्म मुद्दति निक्षेपको ब्याजदर कायम गरेको छ भने प्राइम बैंकले बचतमा ७ र मुद्दति निक्षेपमा साढे १० प्रतिशतसम्म ब्याजदर प्रकाशित गरेको छ ।
यस्तै सिद्धार्थ बैंकको पनि ७ र ११ प्रतिशत रहेको छ । माछापुछ्रेको बचतमा ६ प्रतिशत र मुद्दति निक्षेपमा ११ प्रतिशत रहेको छ ।
नेपाल एसबिआई बैंकको मुद्दतिमा साढे १० प्रतिशतसम्म छ । प्रभु बैंकको साढे १० प्रतिशतसम्म छ । यता सेञ्चुरी बैंकले पनि साढे १० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । रातोपाटि बाट साभार



