काठमाडौं । साताको पहिलो दिन आइतबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला मूल्य ५७ हजार ७ सय रुयैयाँमा कारोबार भएको थियो, आज पनि प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
यस्तै, शुक्रबार तेजावी सुन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला ५७ हजार सात चार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आइतबार चाँदी प्रतितोला मूल्य पाँच रुपैयाँले बढेको छ ।
शुक्रबार चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।



