-केबि महरा,मलेसिया/ मलेसियाको पेनाङस्थित पया र्टेवोङमा, कामदार बोकेको बस आज बिहान दुर्घटना भएको छ।दुर्घटनामा परि कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन् । उक्त बसमा जम्मा ६० जना कामदार सवार थिए । प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जानेक्रममा ती कामदार चढेको बस सडकमा पल्टिएको हो ।

स्थानीय समय अनुसार बिहान साढे ५ बजे बस दुर्घटना भएको थियो। घाईते सबैको पालुवा पेनाङ अस्पतालमा उपचार भइरहेको छ । प्लेकसस् अमेरिकी कम्पनी हो । विद्युतीय सामान उत्पादन गर्ने यो कम्पनीमा नेपाली मात्रै एकहजार भन्दा बढी कार्यरत छन् ।