संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्य डिस्ट्रीक्ट–८ बाट राज्य बिधान सभा सदस्यको लागि सम्पन्न डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा नेपाली मूलका ह्यारी भण्डारी निर्वाचित भएका छन्।
भण्डारी डेमोक्रेटिक पार्टीको मेरील्याण्ड राज्यको केन्द्रीय सदस्यमा पनि निर्वाचित भएका छन्।अमेरिकामा मध्यावधि निर्वाचनका रुपमा लिइने नोभेम्बर ६ मा हुने निर्वाचनमा ह्यारी भन्डारीले रिपब्लिकन पार्टीका उम्मेद्वारसँग स्टेट डेलेगेटका लागि प्रतिष्पर्धा गर्ने छन्। अमेरिकामा पार्टीगत रुपमा राज्यस्तरको बिधान सभाको सदस्यको प्राइमरी चुनाब र पार्टीको राज्यको केन्द्रीय समितिमा निर्वाचित हुने ह्यारी भण्डारी नेपाली मूलका पहिलो हुन्।नेपालको पर्बत जिल्लाबाट डेढ दशक अघि अमेरिका आएका ह्यारी भण्डारी मेरील्याण्डको बाल्टीमोरमा बस्दै आएका छन्।
भण्डारी पेशाले शिक्षक हुन्।भन्डारीले स्टेट डेलेगेटको डेमोक्रेटिक पार्टीको प्राइमरीमा ५३७६ मत प्राप्त गरेका थिए भने मेरिल्याण्ड डेमोक्रेटिक पार्टीको केन्द्रीय समितीको सदस्य पदमा ५७६५ मत प्राप्त गरी बिजयी भएका हुन्।भण्डारीको निर्वाचनका सन्दर्भमा अमेरिकाको नेपाली समुदायले चासो र महत्वका साथ लिएका छन्।
सवालनेपाल टिभी









