नयाँ दिल्ली। पूर्वीय दर्शन साहित्यको एउटा अलौकिक एवं रुढ शास्त्र हो वेद। पौरुषेय र अपौरुषेयको भेदको बारेमा केही भिन्न विचारहरु आउने गरेको भएपनि वेदले नै विश्वभरका हिन्दूहरुमा मियो बनेर सबैलाई एउटै सूत्रमा बाँध्ने गरेको छ।

पूर्व मिमांसा अन्तर्गत्को अद्वेत दर्शनका व्याख्याता श्री शंकराचार्य लगायत उनका समर्थकहरुले वेदलाई ब्रह्मको अधिनमा रहेको शास्त्रको रुपमा व्याख्या गर्ने गरेका छन्। अन्य केही सम्प्रदायले पनि उनीहरुको सो विचारलाई समर्थन गर्ने गरेका छन्। तर, द्वेताद्वेत विशिष्टाद्वेत लगायत सम्प्रदायका आचार्यहरुले भने यसलाई खण्डन गर्ने गरेका छन्। अहिले पनि यी दुई सम्प्रदायका आचार्यहरुबीच वेदको विशिष्टताको विषयमा चर्चा जारी छ।

एउटा पक्ष ब्रह्म भन्दा वेदलाई सानो मान्ने सम्प्रदाय छन् भने अर्को व्रह्म भन्दा वेद माथि हो भन्ने सम्प्रदाय पनि छन्। एउटा विचारले वेदलाई पौरुषेय मान्ने गरेका छन् भने अर्को पक्षले त्यसलाई खण्डन गर्ने गरेको छ।व्रह्मले पनि सृष्टि गर्ने समयमा वेदको सहयता लिएको प्रमाण विशिष्टाद्वेत दर्शनका आचार्य श्री रामानुजाचार्यको धारणालाई व्याख्या गर्नको लागि तयार पारिएको यतीन्द्रमतदीपिका पुस्तकको तृतीय अध्यायमा उल्लेख गरिएको छ।

शाब्दिक अर्थलाई नियाल्ने हो भनेव् विद्यते जायते अनेन इति वेद। यस विग्रहमा विद् धातुमा घञ् प्रत्यय जोडिएर बनेको वेद शव्दले केवल पूर्वीय दर्शनको रुढ ग्रन्थको रुपमा मात्रै नभएर विश्वका सबै ग्रन्थहरुको आधारहरुको रुपमा आफ्नो पहिचान बनाएको छ। सामान्यतया वेद शब्दको अर्थ हुन्छ जसद्वारा हामीलाई सबै किसिमको ज्ञान मिल्छ।

वेद अपौरुषेय हो। अर्थात्, यो ग्रन्थ कुनैपनि पुरुषद्वारा रचना गरिएको विषय होईन भन्ने तर्क विशिष्टाद्वेत दर्शनले मान्ने गरेको छ। यस विषयमा पनि फरक फरक विचारहरु नभएका होईनन्। पूर्वीय दर्शनमा रहेको बौद दर्शनले सिंगो वेदलाई नै मिथ्या ठान्छ। अर्थात् उनीहरु आफूलाई वेद विरोधि भन्न रुचाउँछन्। त्यस्तै, चार्वाक नैन लगायतले पनि सिंगो भगवान र वेदलाई आदर्श मान्ने गरेका छैनन्। पूर्वीय दर्शनभित्रै पनि भगवानलाई मान्ने र भगवनलाई नमान्ने मतहरु भेटिन्छ। यसै विषयमा केही दर्शनाचार्यहरुले वेदलाई पौरुषेय मानेको भएपनि अधिकांश पूर्वीय दार्शनिकहरु वेदलाई अपौरुषेय मान्न सहमत देखिन्छन्।

विश्वको सर्वप्राचीन ग्रन्थ ऋग्वेद हो भन्ने पूर्वीय मान्यतामा पाश्चात्य चिन्तकहरुले समेत अस्वीकार गर्न सकेका छैनन्। अर्थात्, अहिलेसम्म ऋग्वेद भन्दा पुरानो ग्रन्थ भेटिएको छैन। अतः यसलाई नै विश्वको पहिलो ग्रन्थको रुपमा चित्रित गर्नको लागि अन्य प्रमाणको आवश्यकता पर्दैन।

वेदको विशिष्ट विशेषता यो हो कि यसका प्रत्येक शव्दमा वैज्ञानिकत्व जोडिएको छ। अर्थात् सम्पूर्ण ज्ञान विज्ञानमा आधारित रहेको छ। पहिले एउटै ग्रन्थको रुपमा रहेको वेदलाई कृष्णद्वेपायन ऋषिले ४ ग्रन्थको रुपमा विभाजित गरेका हुन्। यसमध्ये सामवेदमा सम्पूर्ण भगवानका स्तुती गानले भरिएका सांगीतिक श्लोकहरुको समिश्रण पाउन सकिन्छ भने शुक्ल यजुर्वेदमा सबै हिन्दू धर्मका कर्मकाण्ड सम्बन्धी विषयहरु समेटिएका छन्।

सामान्यतया वेदलाई दुई भागमा विभाजन गरेर विश्लेषण गर्ने गरिएको छ। वेदको पूर्व भाग र उत्तर भाग। वेदको पूर्व भागमा अधिकांश आराधना प्रतिपादकम् अर्थात् कर्मकाण्ड सम्बन्धी, जीव र ईश्वरको जिम्मेवारी र दायित्व जस्ता विषय समेत उल्लेख गरिएको छ।

वेदको उत्तर काण्डलाई ब्राह्मण भागपनि भनिन्छ। यो काण्डमा ब्रह्म स्वरुपको विषयमा चर्चा पञ्च महाभूत, पदार्थ लगायतका विषयमा दिव्य ज्ञान दिईएको छ। यही वैदिक ज्ञानलाई प्रशारण गर्नको लागि जैमिनीले पूर्व मिमांसा र वेदव्यासले उत्तर मिमांसाको तयार गरेका छन्। यो विषय पनि शास्त्रद्वारा सिद्ध भईसकेको छ कि यी दुबै मिमांसा वेदको एकै स्वरुपको चर्चा गर्नको लागिबनेका शास्त्रहरु हुन्। पतञ्जली ऋषिले वेदको विषयमा चर्चा गर्दै भनेका थिएकि सहस्त्रवत्र्मा सामवेदः एकविंशतिधा वह्वृच। अर्थात् सामवेदको एक हजार शाखाहरु छन्। ऋग्वेदको २१ शाखाहरु छन् र अथर्ववेदको नौ शाखा छन् र यजुर्वेदको एउटा मात्रै शाखा छ।

वेदका ६ अंग र त्यसको कामहरु :
हाम्रो शरीरमा जसरी फरक फरक अंगहरुको फरक फरक कामहरु भएजस्तै वेदरुपि शरीर सञ्चालन गर्नको लागि पनि वेदको आ आफ्नै अंगहरु रहेका छन्। सर्वमान्य यो विषय छ कि वेदका ६ अंगहरु छन्। शिक्षा, कल्प, व्याकरण, निरुक्तम्, छन्द र ज्योतिष।

अर्थात्, अनुष्टुप, त्रिष्टुप आदि छन्द आदिको निरुपण गर्ने शास्त्रलाई छन्दशास्त्र भनिन्छ। श्रौत एवं स्मार्तको निरुपण गर्ने शास्त्रलाई कल्प भनिन्छ। वर्णको स्वरुप संख्या उच्चाहरण स्थान स्वर मात्रा आदिको निरुपण गर्ने शास्त्रलाई वेदाल्ग शिक्षा भनिन्छ। निरुक्त तथा निर्वचनद्वारा अलौकिक पदको तथा अपूर्व अर्थको प्रतिपादन गर्ने शास्त्रलाई निरुक्त भनिन्छ।

अध्ययन तथा अधीत अर्थको अनुष्ठान आदिका लागि उचित कालको निर्णय गर्ने शास्त्र ज्योतिष हो। व्याकरण शास्त्रमा शब्द अर्थको व्यत्पत्ति एवं त्यसको स्वर इत्यादिको समर्थन गर्ने शास्त्र व्याकरण हो। त्यसैले यो षट् अंगलाई जान्ने मान्छेले मात्रै संसार र परमात्मालाई पनि बुझ्न सक्छ।

[लेखक तिवारी श्रीनिवास संस्कृत विद्यापीठ, नयाँ दिल्लीमा अध्ययनरत छन्]

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah