काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ ।
शुक्रबार सुन प्रतितोला मूल्य ५७ हजार ५ सय रुयैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ५७ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
शुक्रबार तेजावी सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, शुक्रबार चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७६५ रुपैयाँमै कारोबार भइरहेको छ ।



