केबि महरा नेपालको प्रमुख वैदेशिक रोजगार गन्तव्य मुलुक मलेसियाले आफ्नो मुलुकभित्र रहेका अवैधानिक कामदार बिरुद्ध देशैभर धरपकड थालेको छ। पक्राउ पर्नेहरुको एकिन तथ्यांक सार्वजनिक नगरिएतापनी नेपाली सहित अन्यमुलुकका गरि सैयौँ कामदार पक्राउ परेका छन् । मलेसियामा अबैधानिक रुपमा काम गर्दै आएका नेपाली सहित विभिन्न मुलुकका कामदारहरु उक्त धरपकड पछि त्रसित बनेका छन्। मलेसियामा नयाँ सरकार गठन संङ्गै बिदेशी कामदारहरुको निर्भरता हटाउन समेत नयाँ नीति छिट्टै कार्यान्वयनमा ल्याइने जनाईएको छ। मलेसियाले पटकपटक आफ्नो मुलुकमा गैह्रकानुनी रुपले कामगर्दै आईरहेका आप्रवासी कामदार हरुलाई बैध हुन या मुलुक छोड्न भनि आह्वान गर्दै आएको थियो ।

नेपाली दुतावासले समेत स्वदेश फर्कन अबैधानिक नेपाली कामदार हरुलाई आग्रहगर्दै आइरहेको छ। तर धरपकडको सन्त्रासले दूतावास सम्म निर्धक्क जानसक्ने वातावरण नरहेको कामदार हरुले गुनासो गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मलेसियालि सरकारले अढाई बर्ष अघिदेखि पुन: भर्ना र आम माफी भइ घर फर्कन सकिने अवसर दिएको थियोे ।उक्त कार्यक्रमको अवधी जुन महिनामा सकिए लगत्तै मलेसियन सरकारले थप कडाई गर्न थालेको हो। यद्यपि आममाफि कार्यक्रमभने अगामी अगष्ट महिना सम्म रहने जनाईएको छ।