अमेरिकाको भर्जिनियास्थित हरन्डन शहरमा लुटेराको गोली प्रहारबाट नेपाली मूलका ४० वर्षीय रेशम बजगाईंको हत्या भएको छ।
सुनोकोस्थित पेट्रोल पम्पमा कार्यरत बजगाईंमाथि कार्यस्थलमै गोली प्रहार भएको हो। उनी त्यहाँ सहायकको रुपमा कार्यरत थिए। नजिकैबाट प्रहार गरेको गोली बजगाईंको टाउकोमा लागेका कारण उनको घटनास्थलमै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ।
हरन्डनको किनमेल गर्ने बजार अफ फ्रान्कलीन फर्ममा घटना भएको हो।
स्थानीय फेयर फ्याक्स प्रहरी चौकीका अनुसार आक्रमणकारी बन्दूकधारीलाई पक्राउ गरिएको छ। हरन्डनको बजार क्षेत्रस्थित पार्किङबाट आक्रमणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।










