बीबीसी- सेन्ट–डाई–डेस–भोसगेस फ्रान्सको उत्तर पूर्वमा रहेको एक सानो शहर हो । आधुनिक नक्सा निर्माणमा भएको विकासका कारण प्रयोग हुने देशान्तर र अक्षाशं मापनको सटिक प्रणालीले गर्दा आजको दिनमा यो शहर विश्वमा कुन ठाँउमा छ भनेर सजिलै पत्ता लगाउन सकिन्छ ।

तथापी केही शताब्दी वर्ष अघि सम्म अवस्था यस्तो थिएन । त्यो समय विश्वका अधिकांश भूभाग रहस्य र अज्ञात थियो । र, युरोपेली मानवतावादीहरुको एक समूह विश्वको एक अभूतपूर्व नक्सा बनाउनका लागि अघि सरे । यो समूहले यस्तो नक्सा बनायो जुन त्यस अघि अस्तित्वमा रहेका कुनै पनि नक्साभन्दा फरक थियो । यसको प्रभाव आजको दिनसम्म पनि हामी माझ रहेको छ ।
यो नक्सा त्यो समय भर्खरै पत्ता लागेको एक सम्पूर्ण महादेशको नामाङ्करणको लागि जिम्मेबार छ ।

सन् १५०७ मा छापिएको यो नक्सा १.४ मिटर×२.४ मिटर आकारको रहेको छ । यो आकारले विश्वलाई सम्पूर्णतामा प्रतिविम्ब गर्ने यसको ठूलो उदेश्यलाई प्रतिबिम्ब गथ्र्यो ।

शताब्दीऔंसम्म युरोपेलीहरुले विश्व तीन ठूला भूभागमा बाडिएको ठान्थे, एशिया, अफ्रिका र युरोप । यी तीनैको केन्द्र जेरुशेलम भएको मानिन्थो । त्यही कारण यो नक्सा प्रकाशन हुनु एक वर्ष अघि मरेका इटालीमा जन्मेर स्पेनको लागि उपनिबेश बनाउदै हिँडेका क्रिष्टोफर कोलम्बसले पनि मर्नु अघिसम्म आफूले पत्ता लगाएको भूभाग पनि एशियाकै हिस्सा भन्ने ठानेका थिए ।

तथापी यस नयाँ नक्साले विश्वमा पहिलो पटक चौथो महादेशलाई देखायो । युरोपको देब्रेमा पर्ने गरि नक्सामा दक्षिण अमेरिकाको दुब्लो सस्करण र त्यस माथि सानो आकारको उत्तर अमेरिका राखियो । यो नयाँ महादेशलाई चारै तर्फबाट पानीले घेरेको थियो । र नक्साको हाल ब्राजिल भएको स्थानमा अमेरिका लेखिएको थियो ।

यस ऐतिहासिक नक्सालाई वाल्डसीमुलर नक्सा भनिन्छ । यो नाम यस नक्सा बनाउने जर्मन मानवतावादीहरुको नामबाट राखिएको हो । तर मार्टिन बाल्डसीमुलर उक्त शहरको चर्चको क्यानन वाल्टर लुडले जम्मा गरेका प्राज्ञहरुको एक समुहका एक सदस्य मात्र थिए ।

लुड मुख्यत कस्मोग्राफीमा चाख राख्थे । कस्मोग्राफी पृथ्वी र ब्रम्हाण्डमा यसको स्थानबारेमा अध्ययन हो । लुड प्राचिन ज्ञान र विश्व भर समुन्द्र यात्राबाट प्राप्त भइरहेको नयाँ रिपोर्टहरुलाई जोडेर विश्वको एक तस्वीर निर्माण गर्न चाहन्थे ।

यसका लागि उनले ड्युक अफ लोरेन रेने द्वितियाबाट जिम्नेसियम भोसाजेन्स नामक एक छापा किन्नको लागि पैसा पनि जम्मा गरे । त्यसपछि उनले बाल्डरसीमुलर समेत रहेको एक टिम गठन गरे । यसमा अर्का जर्मन मानवतावादी म्याथिस रिङ्गम्या पनि सहभागी थिए ।

नक्सा निर्माणको लागि पैसाले मात्रैले पनि पुग्दैन थियो । यसका लागि सेण्ट–डाई–डेस–भोस्गेसको अवस्थीति पनि महत्वपूर्ण थियो । यो शहर एका तर्फ स्पेन र पोर्चुगलको समुन्द्री अभियान छुट्टने बन्दरगाह नजिक थियो भने अर्को तर्फ छपाई प्रविधिमा विकास गरिरहेको जर्मन शहरहरु यसको नजिक थिए । यी दुबै कुरा नक्सा निर्माणको लागि फाइदाजनक साबित भए ।
आजको दिनमा सेण्ट–डाई–डेस–भोस्गेसमा यसको यो सम्बृद्ध इतिहासको संकेत पाइदैन । दोश्रो विश्वयुद्धमा ध्वस्त भएको यो शहर लगभग पूर्ण भग्नावशेषबाट उभ्रिएको हो ।

अमेरिका महादेशको नामाङ्करण भएको स्थान यस सहरको चर्चा बाहिर रहेको छ । प्रत्यक वर्ष यो सहरले भूगोलको अन्तराष्ट्रिय महोत्सबको आयोजना गर्छ । यस अबसरमा विश्वभरबाट आएका भूगोल विज्ञहरु र भूगोलमा चाख राख्नेहरु आफ्ना विचारहरु आदानप्रदान गर्छन् ।

तर यो स्थानको महत्वको हिसाबमा यहाँ त्यति भ्रमणकर्ताहरु देखिदैनन् । अघिल्लो वर्ष यहाँ ६६४ मानिसहरु मात्र आए । सायद धेरैलाई यसको यो इतिहास त्यति थाहा छैन ।

सहरको एक कुनामा एक चिहान छ । त्यसमा स्पष्टसँग त्यसको उदेश्य लेखिएको छ “ग्लोब र फराकिलो सतहमा देखाइको सँसारको परिचय” । यसमा ‘फराकिलो सतह’ भन्नाले वाल्डसीमुलर नक्सालाई भन्न खोजिएको हो । यो नक्सा १२ फरक फरक पन्नामा बनाएर फराकिलो सतहमा जोडिएको थियो । त्यस्तै ग्लोब भनेर नक्साको सानो भर्सनलाई काटेर टासिएको बललाई भन्न खोजिएको हो ।

यो इतिहासको पहिलो व्यबसायिक रुपमा निर्माण गरिएको ग्लोब थियो । यसले हाम्रो प्रचलित विश्वास विपरित मध्यकालिन युरोपेलीहरुमा पनि पृथ्वी फराकिलो नभएर गोलो छ भन्ने मानसिकता पनि रहेको देखाउँछ ।

त्यतिकै महत्वपूर्ण कुरा यसमा लेखिएको कुराले अमेरिका महादेशको नामांकरण पछाडीको कारण पनि थाहा पाइन्छ । यसमा अमेरिका इटालेली अन्वेषक अमेरिगो वेस्पुक्कीले पत्ता लगाएको भनिएको छ । अन्य महादेशहरुको नाम ल्याटिन भाषामा नारिकृत नाममा भएकाले लेखकहरुले अमेरिकाको नाम पनि नारिकृत गरिनु पर्ने भन्दै अमेरिका राखिएको उल्लेख छ ।

तर यी शब्दहरु भावी दिनमा विवादको कारण बन्यो । १६ औं शताब्दीको मध्यमा स्पेनका बारतोलोमी दे ला कासासले यो नामले कोलम्बस माथि ‘अन्याय र चोट’ पु¥याएको आरोप लगाए । कोलम्बस अमेरिगो भन्दा पहिले अमेरिका पुगेका थिए ।

त्यस्तै सन् १८०९ मा अमेरिकी लेखक बासिन्टन इर्भिनले फ्लोरिन्टीनीहरुले कोलम्बसको गौरभ लुटेको लेखे ।

हुनत कोलम्बस पहिलो पटक सन् १४९२ मै क्यारेबियन टापूमा पुगेका थिए । तर उनले मुल अमेरिकी भूमि भने तेस्रो यात्राको क्रममा सन् १४९८ मा मात्र पुगेका हुन् ।

तर कोलम्बसभन्दा पहिलो अमेरिकी मुलभूमिमा विस्पुक्की पुगेकोजस्तो सन् १५०४ मा विस्पुक्कीले ड्युक रेनेलाई पठाएको एक पत्रबाट थाहा पाइन्छ । यो पत्र कस्मोग्राफीको परिचयमा प्रकाशित भएको थियो । त्यस पत्रमा सन् १४९७ देखि १५०४ बीचमा विस्पुक्कीले गरेका चार यात्राहरुको बारेमा बयान गरिएको छ । उक्त पत्रलाई मान्ने हो भने अमेरिगो कोलम्बस भन्दा एक वर्ष अघिनै अमेरिका पुगेको देखिन्छ ।

इतिहासकारहरुले यस पत्रको सत्यतामा शंका गरेको भए पनि बाल्डसीमुलरले नक्सा बनाउने बेला भने विस्पुक्कीको चिठ्ठीलाई साँचो माने । यही आधारमा उनीहरुले आफ्नो नक्सामा नयाँ महादेशको नाममा विस्पुक्कीको नाम जोडिदिए ।

यस नक्सामा नयाँ महादेशको नाममा मात्र होइन नक्सालाई जसरी देखाइएको थियो त्यो पनि निविवाद रहेन ।

नयाँ पत्ता लागेको महादेशको एकातर्फ तटमा मात्र युरोपेली अन्वेशकहरुले पाइला टेकेका थिए । त्यसो भए के आधारमा नक्सामा त्यसलाई चारै तर्फबाट समून्द्र घेरेको देखाइयो ।

इतिहासको रेकर्ड अनुसार प्रशान्त महासागरमा पहिलो आखाँ लगाउने मानिस स्पेनिस् भास्को नुगेज दे बाल्बायो थिए । उनले सन् १५१३ मा हालको पनामाको एक अग्लो पर्वतबाट प्रशान्त महासागर देखेका थिए । तर त्यो भन्दा ६ वर्ष अघिनै छापिएको नक्सामा कसरी त्यस्तो छापियो त ? के त्यो अनुमान थियो ?

नक्साको अस्तित्वमै समेत रहस्य रह्यो । हुनत सन् १५०७ मा वाल्डसीमुलर नक्साको १००० प्रति छापिएको थियो । तर छिट्टै नै यसका सबै प्रतिहरु हराए । पुस्तकालयहरुमा संरक्षित गरिने पुस्तकहरु भन्दा फरक नक्साहरु शैक्षिक सस्थांहरुमा प्रदर्शनमा राखिन्थे यसले गर्दा यी लामो समय टिक्दैनथे ।

नक्सामा चासो राख्नेहरुले शताब्दीसम्म वाल्डसीमुलर नक्सालाई कस्मोग्राफीको परिचयमा दिइएको आधारमा खोज्ने र पुनरनिर्माण गर्ने प्रयास गरे ।

अन्ततः सन् १९०१ मा वोलफेग क्यासल जर्मनीका इतिहास र भुगोलका प्रध्यापक जोसेफ फिसरले एक बाँकी रहेको नक्सा फेला पारे । यो नक्सालाई सन् २००३ मा अमेरिकी लाईब्रेरी अफ कङ्ग्रेसले १ करोड अमेरिकी डलरमा किन्यो ।

सबै नक्सा राजनैतिक
अन्त्यमा वाल्डसीमुलर नक्साले हामीलाई सबै नक्सा राजनैतिक हुन्छ भनेर सम्झाउँछ । यस नक्सामा उत्तरलाई माथि राखियो जबकी पहिले पूर्वलाई माथि राखिन्थ्यो । त्यस्तै युरोपलाई नक्साको मध्यमा राख्नुले प्रष्ट रुपमा युरोपकेन्द्रित मानसिकता झल्काउँछ । त्यस्तै नक्साका निर्माताहरुले आवाद भइसकेको एक महादेशलाई युरोपेली मानिसको नामबाट राख्नुले युरोपको तत्कालिन विशिष्ट अवस्था साथै त्यहाँका मानिसका मानसिकता र लक्ष्य देखाउँछ ।

यही मानसिकतामा नै युरोपेलीहरुले आउने दिनमा यो महादेशको जमिन, स्रोत र मानिसहरुमाथि नियन्त्रण कायम गरे र यहाँको आदिवासी सस्कृती मेटाउनका लागि यहाँका करोडौं मानिसहरुलाई मारे ।
एक लेखकले भनेझैं यो नक्सा “सन् १४९२ मा शुरु भएको विश्वको जन्मदर्ता थियो तर त्यो अघि त्यहाँ रहेको संसारको भने मृत्युदर्ता थियो ।”

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah