काठमाडौं । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।
बुधबार सुन प्रतितोला मूल्य ५७ हजार ६ सय रुयैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
बुधबार तेजावी सुन प्रतितोला ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, बिहीबार प्रतितोला चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।
बुधबार चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ७६५ रुपैयाँमै कारोबार भइरहेको छ ।



