काठमाडौं । सोमबार नेपाली बजारमा केही सातादेखि लगातार सुनचाँदीको मूल्यमा यथावत नै कायम भएको छ ।
आइतबार छापावाल प्रतितोला सुनको मूल्य ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी प्रतितोला सुनको मूल्य ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, साताको लगातारझैं सोमबार पनि यही मूल्यमै सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सोमबार चाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।
आइतबार प्रतितोला चाँदीको मूल्य ७६० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार पनि यही मूल्यमै कारोबार भइरहेको जनाएको छ ।



